बिद्यार्थीहरुलाई न्यानो सामग्री

– युवकले दिए ट्रयाकसुट र टिसर्ट
लोकखबर
२०८२ माघ २५, आईतवार २३:०७

बिदुर– नुवाकोटको महभीरस्थित एक विद्यालयमा अध्ययनरत वालवालिकाहरुलाई जाडोमा न्यानो सामग्री प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।

बिदुर नगरपालिका १० महभीरस्थित सिंहदेवी आधारभूत बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो न्यानो कपडा बितरण गरिएको हो । लायन्स क्लब अफ नुवाकोट क्यापिटलको आयोजनामा क्लवका अध्यक्ष युवराज अमात्यले व्यक्तिगत रुपमा २० जना विद्यार्थीहरलाई एक/एक जोर ट्रयाकसुट र एक/एक थान टिसर्ट उपलवध गराएका हुन् ।

विद्यालयमा आइतवार आयोजित कार्यक्रममा क्लबका अध्यक्ष अमात्य लगायत क्लबका पदाधिकारी तथा सदस्यहरुले विद्यार्थीहरुलाई उक्त न्यानो सामग्री हस्तान्तरण गरेका हुन् । यसवाट विद्यार्थीहरु निकै खुसी भएको विद्यालयले जनाएको छ ।


सर्वाधिक रुचाइएको