घांटीमा मासु अड्केर मृत्यु

– खाना खाने क्रममा अड्कियो मासु
लोकखबर
२०८२ माघ २६, सोमबार २२:१३

बिदुर– नुवाकोटको पश्चिमी भेगमा रहेको गोस्र्याङमा घांटीमा मासु अड्केर एक जना महिलाको ज्यान गएको छ । उपचारको क्रममा ज्यान गएको हो ।

खाना खाने क्रममा तारकेश्वर गाउंपालिका ५ स्थित आफ्नै दिदीको घरमा घांटीमा मासु अड्केर स्थानयि ४१ वर्षिया गंगामाया तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तामाङको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा ज्यान गएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार नुवाकोटको गोस्र्याङ स्थायी घर भई काठमाडौ महानगरपालिका१५ स्वयम्भु बसोबास गर्दै आएकी तामाङ ल्होछार पर्व मनाउन तारकेश्वर ५ गोस्र्याङ स्थित आफ्नी दिदीको घर आएकोमा खाना खाने क्रममा घाँटीमा मासु अड्किएपछि ाल उपचारका लागि त्रिशूली अस्पताल नुवाकोट ल्याइएकोमा उपचारको क्रममा ज्यान गएको हो । उक्त घटनाका सम्बन्धमा विशेष अनुसन्धान कार्य भइरहेको डिएसपि लामाले वताए ।


सर्वाधिक रुचाइएको