बर्डफ्लु हल्लामात्र, सर्वसाधारणलाई नआत्तिन आग्रह

लोकखबर
१४ फाल्गुन २०७५, मंगलवार १६:११

मकवानपुर।मकवानपुरको हेटौंडामा कुखुरामा बर्डफ्लु नभएको जनाइएको छ । केही दिन यता लेयर्समा बर्ड फ्लु भएको हल्ला फैलिए पनि त्यसो नभएको भेटनरी अस्पताल हेटौँडाका प्रमुख डाक्टर चेतनारायण खरेलले बताए ।‘कुखुरामा फैलिएको संक्रमण बर्ड फ्लु होइन’उनले भने,‘हेटौंडामा पालिएको लेयर्स कुखुरामा एच नाईन संक्रमण हो,यो बर्डफ्लु होइन ।’उनले सर्वसाधारणलाई एच नाइनबाट नडराउन आग्रह पनि गरेका छन् ।
हेटौँडामा गत २ दिनबाट लेयर्स कुखुरामा बर्ड फ्लु पाइएको हल्ला चलेपछि सर्वसाधधारण कुखुराको मासु खान त्रसित बनेका थिए । कुखुरामा यस्ता संक्रमण कहिलेकाही देखिनसक्ने डा. खरेलको भनाई छ ।
उक्त रोगलाई नियन्त्रणको लागि काम सुरु गरिसकेको भन्दै डाक्टर खरेलले विरामी भएको खोरमा रहेको कुखुरालाई निगरानीमा राखिएको र अन्य परीक्षण भइरहेको पनि जानकारी दिए ।
मौसम परिवर्तनको समयमा विभिन्न रोगको संक्रमण हुने गरेको भन्दै उनले कुखुरामा अहिले देखिएको संक्रमणप्रति नआत्तिन उनले आग्रह गरे । यस्तै,मकवानपुर कुखुरा ब्यवसायी संघका अध्यक्ष राजु अधिकारीले कुखुरामा देखिएको संक्रमण बर्डफ्लु नभएको भन्दै व्यवसायीलाई नआत्तिन आग्रह गरे ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*