१५ हजार कुखुरा मरे

लोकखबर
१४ फाल्गुन २०७५, मंगलवार १९:५१

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिको ७, ८ र ११ नम्बर वडामा एक सातको बीचमा करिब १५ हजार कुखुरा मरेको छ । अण्डा तथा मासुका लागि पालिएका कुखुरा धमाधम मर्न थालेको कुखुरा व्यवसायी संघ मकवानपुरले जनाएको छ ।

अण्डाका लागि पालिएका लेयर्स कुखुरा मर्न थालेपछि बर्डफ्लुको आशंका गरिएको छ । तर कुखुरा ब्यवसायी संघ मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरी रानीखेत रोगको कारण कुखुरा मरेको आशंका गरेको बताएको छ । संघका अध्यक्ष राजु अधिकारीले बर्डफ्लुका कारण कुखुरा नमरेको दाबी गरे ।

कुखुरा मर्न थालेपछि मकवानपुरमा कुखुरा पालनमा लगानी भएको करिब छ अर्ब जोखिमा परेको किसानहरुले बताएका छन् । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डाक्टर चेतनारायण खरेलले संकलन गरिएका नमुना चितवन पठाइएको र रिपोर्टका आधारमा अन्य काम अगाडि बढ्ने बताए ।
सोमबार दिउँसो स्थानीय प्रशासन, उपभोक्ता मञ्च, पशुसेवा कार्यालय र अन्य सरोकारवालाको टोलीले उच्च संक्रमणको आशंका गरिएको पाँच खोरको निरीक्षण गरेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*