चिम्टेश्वरमा रक्तदान

– विरामीलाई रगत प्रदान गरिने
लोकखबर
२०८२ फाल्गुन ३, आईतवार २३:५७

बिदुर– बिरामीहरुलाई रगत आपूतिका लागि नुवाकोटको पुर्वी भेगमा रहेको चिम्टेश्वरमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । संकलित रगत विरामीहरुका लागि उपलवध गराइने छ ।

वेलकोटगढी नगरपालिकाको शिर चिम्टेश्वर परिसरमा आइतवार आयोजित रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका हुन् । सर्वसाधारण, कर्मचारी, जनप्रपतनिधि, स्वास्थ्यकर्मीसमेतले रक्तदान गरेका हुन् ।

यसअघि उक्त कार्यक्रमको वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले उद्घाटन गरेका हुन् । उनले रक्तदान नै जीवन दान भएका कारण विरामीहरुलाई लक्ष्यित गरि उक्त कार्यक्रम गरिएको वताए ।

मेयर गुरुङले चिम्टेश्वर नुवाकोटको प्रमुख पर्यटकिय स्थलमध्ये एउटा महत्वपुर्ण स्थलको रुपमा रहेको र यसको विकासका लागि गुरुयोजना अनुसार कार्य भइरहेको वताए ।  उक्त कार्यक्रममा वेलकोटगढी नपा, चिम्टेश्वर विकास कोस, रेडक्रम नुवाकोट, लायन्स क्लवका विभिन्न युनिटका साथै सर्वसधाारणको समन्वयमा सन्चालन गरिएको हो ।


सर्वाधिक रुचाइएको