ओम बृद्धाश्रमलाई ५० हजारको खाद्यन्न

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २०:००

मकवानपुर । मकवानपुरको हेटौंडा २, चौकीटोलमा रहेको ओम बृद्धाश्रमलाई ५० हजार रुपिया बराबरको खाद्यान्न सहयोग गरिएको छ । प्रोफेशनल एजुकेशन फाउण्डेसनले सञ्चालन गरेको तुलसीमेहर मावि तथा नारायणी कलेज हेटौँडाले वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेका हुन् ।

आश्रममा पुगेर स्कुल व्यवस्थापन समिति अध्यक्ष यम सिलवाल, फाउण्डेसनका सचिव हेमन्त ढुंगेल, सञ्चालक पुरुषोत्तम खनाल, क्याम्पस प्रमुख रघुनाथ खराल तथा विद्यालयका शिक्षक-विद्यार्थीको सहभागितामा खाद्यान्न हस्तान्तरण गरिएको हो ।

यस्तै, कक्षा ४ मा अध्ययनरत विद्यार्थीहरुले आफ्नो खाजा खाने पैसा जोगाएर जम्मा भएको ५ हजार ५५ रुपिया समेत बृद्धाश्रमलाई सहयोग गरिएको छ। सहयोग हस्तान्तरणमा सञ्चालक समितिका अध्यक्ष सिलवालले विद्यालय तथा विद्यार्थीको तर्फबाट सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए। विद्यार्थीमा सानै उमेरदेखि सहयोगको भवना विकास हुनु सकारात्मक पक्ष रहेको भन्दै विद्यार्थीको यस कार्यको प्रशंसा गरे । फाउण्डेसनका सचिव ढुंगेलले वृद्घाश्रममा आश्रितलाई खाद्यान्न सहयोग गर्न पाउँनु आफूहरुका लागि सौभाग्य रहेको बताए ।

कार्यक्रममा आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलले आश्रमका लागि सहयोग प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरे । उनले अन्य सहयोगी दातालाई पनि आश्रम विकासका लागि सहयोग गर्न आग्रह गरेका छन् । आश्रममा हाल २८ जना बृद्धबृद्धा आश्रित छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*