‘मन्त्री अधिकारीको निधनले देशलाई ठूलो क्षति’

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २०:१८

मकवानपुर । संविधानसभा सदस्य परिषद् नेपाल केन्द्रीय समितिले गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएका नेकपा नेता तथा सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीसहित सम्पूर्ण सात जनाप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।
परिषदका केन्द्रीय संयोजक अनन्तप्रसाद पौडेलले शोक सन्देश जारी गर्दै दुर्घटनाले नेपालको दिग्गज ब्यक्तित्वहरु गुमाउनु परेको बताए । पहिलो तथा दोश्रो संविधानसभामा कास्कीबाट विजयी बनेका अधिकारी एक कुशल राजनीतिक ब्यक्तित्व भएको भन्दै उनलाई गुमाउनुपर्दा देशलाई ठूलो असर गरेको सन्देशमा उल्लेख छ ।
नेपालको पर्यटनलाई टेवा दिने अन्य विशिष्ट ब्यक्तित्वहरु समेत सोही दिन गुमाउनु परेको भन्दै श्रद्धान्जली व्यक्त गरिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*