मौसमका कारण स्थगित मेला भोलीबाट

लोकखबर
१७ फाल्गुन २०७५, शुक्रबार २०:४१

मकवानपुर । मकवानपुरको हेटौंडामा भोलीबाट राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुदैछ । हेटौंडाको क्याम्पाडाँडास्थित मैदानमा यही फागुन १६ गतेदेखि गर्ने भनिएको मेला मौसम प्रतिकुलताका कारण भालीबाट सुरु हुने गरी सारिएको थियो ।
१६ गतेबाट गर्ने भनिएको मेला १५ गते राती परेको ठूलो वर्षाका कारण मेलास्थल जलमग्न बनेको थियो भने स्टेज बाँगिएर जीर्ण बनेको थियो । मकवानपुर उद्योग वाणिज्य संघले गर्न लागेको मेलाको तयारी सकाएको छ ।
स्टेज मर्मत, मेलास्थलमा जमेको पानीको व्यवस्थापन, हिलो भएको स्थानमा ग्राभेल गरेर मेलाको तयारी सकाएको संघले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*