मतदानमा ४३ सय वढि सुरक्षाकर्मी
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा चारहजार तीन सय वढि सुरक्षाकर्मी खटाइएको छ । चार प्रकारका सुरक्षाकर्मी परिचालन गरिएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा निर्वाचनका लागि चारहजार तीनसयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विशेष गरि मतदान केन्द्रमा सुरक्षाकर्मी केन्द्रीत गरिएको छ । नुवाकोटमा चारहजार तीनसय १७ जना सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । उनीहरुलाई शान्तिसुरक्षाका साथै निर्वाचन, मतदानस्थल, मतगणनास्थलमा विशेष रुपमा परिचालन गरिएको छ ।

निर्वाचनका लागि नुवाकोटमा नौसय जना प्रहरी, पांचसय जना सशस्त्र प्रहरी, एकहजार सैनिक परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार एकहजार नौसय १७ जना निर्वाचन प्रहरीसमेत परिचालित गरिएका छन् । दुईहजार चारसय स्थायी सुरक्षाकर्मी र वांकी निर्वाचन प्रहरी खटिएका छन् । मतदान केन्द्रकोे वर्गिकरण र आवस्यकता अनुसार सुरक्षाकर्मी खटाइने समितिले जनाएको छ ।

सुरक्षाकर्मिहरुलाई आखैपचारिक तथा अनौपचारिक रुपमा निर्वाचन सम्वन्धि जानकारी दिने कार्य भइरहेको छ । नुवाकोटका दुईसय ९३ मतदान केन्द्रमा एकसय ३६ मतदान स्थलमा दुईसय ९३ मतदान केन्द्र कायम रहेका छन् । निर्वाचनमा नुवाकोटमा दुईलाख ४७ हजार आठसय ६८ जना मतदाता रहेका छन् ।

जसमध्ये महिला एकलाख १८ हजार नौसय ७५, तीन जना अन्य रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पहाडि संरचना रहेको नुवाकोटमा एकसय ३३ मतदानस्थल, दुईसय ९३ मतदान केन्द्र तथा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको छ । प्रतिनिधिसभाको लागि दुईवटा निर्वाचन क्षेत्र रहेको नुवाकोटका एकहजार सातसय बढी कर्मचारी र चारसय बढी स्वयंसेवक परिचालन गरिनेछ । स्वयंसेवकलाई सम्बन्धित मतदान केन्द्रमै पुगेर मतदान अधिकृतले नियुक्त गर्ने व्यवस्था गरिएको छ ।













































