बिद्यालयका लागि अक्षयकोष प्रदान

– पुर्व विद्यार्थीले दिए रकम
लोकखबर
२०८२ फाल्गुन ९, शनिबार ००:०४

बिदुर– नुवाकोटको पिपलटारमा रहेको एक विद्यालयको वार्षिकोत्सवको अवसरमा अक्षयकोष प्रदान गरिएको छ । विभिन्न व्यक्तिहरुलाई सम्मानितसमेत गरिएको छ ।
बिदुर नगरपालिका ५ पिपलटारमा रहेको चन्द्रज्योती माविको ६५ औ बार्षिकोत्सवको अवसरमा शुक्रवार विभिन्न कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा सोही विद्यालयका पुर्व विद्यार्थी रामहरि घिमिरेले आफ्ना दिवंगत हजुरबुवा देवीप्रसाद घिमिरेको स्मृतिमा एक लाख एक हजार एक सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयको शैक्षिक विकासक लागि उनले उक्त कोष स्थापना गरि उक्त रकमको चेक विद्यालयका अध्यक्ष छत्रराज डंगोल र प्रधानाध्यापक वासुदेव पनेरुलाई हस्तान्तरण गरे ।

अक्षयकोष स्थापना गरेका घिमिरेलाई विद्यालयले सम्मानित गरेको छ । बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, वडाध्यक्ष लीलानाथ न्यौपाने तथा विद्यालय परिवारले घिमिरेलाई दोसल्ला ओढाउनुका साथै सम्मानपत्रद्वारा सम्मानित गरेको हो ।


सर्वाधिक रुचाइएको