प्रशासनले लगायो यातायातमा रोक

– १७ घण्टा वन्द गरिने
लोकखबर
२०८२ फाल्गुन १६, शनिबार ०२:१९

बिदुर– निर्वाचनको समयमा सुरक्षालाई मध्यनजर गर्दै नुवाकोटमा यातायात सन्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइद्वारा जारी सूचनामा निर्वाचन सुरक्षाका लागि १७ घण्टा यातायात वन्द गरिएको उल्लेख छ । हुमागाइका अनुसार यहि फागुन २१ गते विहीवारको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्ष्यित गर्दै अत्यावश्यक सेवाका सवारी साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो ।

एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारी, विद्युत, खानेपानी, दूरसञ्चार तथा अन्य अत्यावश्यक सेवा मर्मतमा प्रयोग हुने सवारी साधन भने सञ्चालन गर्न पाइने जनाइएको छ । निर्वाचनको सुरक्षाको लागि लागि फागुन २० गते मध्यराति १२ बजेदेखि फागुन २१ गते वेलुकी ५ वजे मतदान कार्य सम्पन्न नभएसम्मका लागि उक्त रोक लागू हुने जनाइएको छ ।

साथै निर्वाचनका दिन पास प्राप्त गरेका सवारी साधन मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईँद्वारा हस्ताक्षरित सूचनामा सबै सरोकारवालालाई सहयोग गर्न अनुरोध गरिएको छ ।


सर्वाधिक रुचाइएको