उत्तेजना, घृणा  र नाराले मात्रै देश बदलिदैनः सभापति थापा

मध्यपुर्वमा रहेका नेपालीहरुलाई सुरक्षित गर्न सरकारलाई आव्हान
लोकखवर विशेष संवाददाता
२०८२ फाल्गुन १७, आईतवार २२:३६

बिदुर– नेपाल कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा र नाराले मात्रै देश नवदिलिने वताएका छन् । उनले अहिले देशमा एक दलले अर्को दललाई उत्तेजनापुर्ण शैलीमा गाली गर्ने, घृणा गर्ने र नारामात्रै दिने प्रवृत्ति वढेको र यसले देशलाई परिवर्तनको ढोकामा नलैजाने वताए ।  नुवाकोटको बिदुर नगरपालिकाको बट्टारवजारमा आइतवार आयोजित चुनावी सभामा सभापति थापाले यतिखेर चुनावी माहौलका वीच मध्यपुर्वमा घटे्को घटनातर्फ ध्यान तथा नजर पुगेको वताए । उनले मध्यपुर्वका विभिन्न देशमा रोजगारी तथा अन्य कारणले पुगेका नेपालीहरु सुरक्षित हुनुपर्ने वताए ।

उनले नेपाल सरकारले मध्यपुर्वका देशहरुमा रहेका नेपालीहरु सुरक्षित गर्न सरकारले  ढिलाई गर्न नहुने वताए । सभापति थापाले देशका लागि जनता ठुलो भएका कारण पहिले मध्यपुर्वमा रहेका सवै नेपालीहरुको ज्यान सुरक्षित गराउनु पहलिो दायित्व रहेको पनि वताए ।  उनले केहि नयां भनिएका दलहरुले पुरानाले केहि गरेनन् भन्दै घृणा, उत्तेजना र नारामात्रै सुनाइरहेकोप्रति लक्ष्ति गर्दै त्यसले देशको मुहारमा परिवर्तन नआउने वताए ।

देश अरुलाई लल्कारेर चल्दैन, सम्हालेर सवैलाई मिलाएर लैजान सक्ने क्षमता देखाउनु पर्छ, सबैलाई मिलाएर अगाडि जाने तागत कांग्रेसमा मात्र रहेको सभापति थापाले दावी गरे ।  थापाले सिंहदरवार र संसद जलाउने हाम्रो चरित्र होइन भन्दै हामीहर त वनाउने र सम्हाल्ने चरित्रका साथ जनतामाझ उभिएको वताए । यो चुनाव सांसद र सत्ताका लागि नभई जनता नहार्ने चुनाव भएको सभापति थापाले वताए ।

उनले भ्रष्टाचारको अन्त्य, पढेलेखेका युवालाई रोजगारी तथा विभिन्न घटनाक्रममा ज्यान गुमाएकाहरुको परिवारको सपना साकार पार्ने चुनाव रहेको वताए । सभापति थापाले अगाडि भने संसदमा पुगेका सवै दललाई सत्ता र प्रधानमन्त्रि चाहिने प्रवृत्तिका कारण देशमा अनेक समस्याहरु आइरहेको र कांग्रेसले अव त्यसको अन्त्य गर्नेसमेत वताए । अव कांग्रेसको नाममा जो कोहीले राज्यको ढुकुटीको रकम तलमाथि गर्छ भने त्यो व्यक्ति कांग्रेस हुन नसक्ने पनि सभापति थापाले वताए ।

उनले पुर्वाधार निर्माणलगायतका विषयमा कानून नै संशोधन गर्नुपर्ने उनले वताए । व्यवसायीलाई कुटेर र वांधेर होइन, गुणस्तरिय पुर्वाधार निर्माणका लागि प्रोत्साहन गर्नुपर्ने उनले वताए । देशमा स्थिरता र विद्यिको शासन प्रणालीका लागि कांग्रेस अगाडि वढेको थापाले वताए ।

देशको अर्थतन्त्रलाई मजवुत वनाउन आवस्यक रहेको थापाले वताए । उनले वर्षको १० लाख रुपैयासम्मको आम्दानी गर्नेलाई कर छुट दिनुपर्ने वताए, यसो गरिए मध्यमवर्गिय परिवारमा वचत हुने र उसले आफ्नो आवस्यकताका सामग्रीहरुमा खर्च गर्ने कारण देशको अर्थतन्त्र चलायमान हुन जाने वताए । देशको अवस्था र भुमिका जनताले महसुस गर्ने गरी वदल्ने अभियानमा कांग्रेस रहेको वताउंदै आर्थिक, सामाजिक तथा भौतिक रुपमा विभिन्न विषय संशोधन गरेर कांग्रेस अगाडि वढ्ने उनले वताए ।

सभापति थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी जनताको साथ लिएर कांग्रेसले लिने र उक्त अवधिमा राजनीतिक दुर्घटना विना तीव्र गतिमा जनताका लागि देश अगाडि बढाउनसमेत उनले दाबी गरे ।  उनले कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनामो देशवासीलाई सरकारले गरेका कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिए । आफ्नो पार्टीभित्रको आन्तरिक विवाद मात्र होइन राष्ट्रिय मुद्धामा अन्य दललाईसमेत मिलाएर अगाडि बढ्ने तागत रहेको पनि थापाले बताए ।

थापाले नेपाली कांग्रेसको नेतृत्वको सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबीसमेत गरे । उनले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकहरु सचेत रहेको वताउंदै उनीहरुको विस्वास गणतन्त्रप्रति रहेको पनि वताए ।  उनले फागुन २१को निर्वाचनपछि देशका सम्पूर्ण राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याई  राष्ट्रिय सहकार्यका साथ देश निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“समृद्ध नेपाल, स्थायित्व  र विकास” का लागि सबैको साथ र सहकार्य आवश्यक रहनुपर्नेमा थापाको जोड थियो । ‘संसारभर छरिएर रहेका नेपालीलाई पनि आह्वान गर्छौं– देश वचाउन तपाईंहरूको सहयोग चाहिएको छ । तपाई–हामी मिलेर एउटा तागत बनाउनुपर्ने छ,’ उनले अगाडि भने ।

सभापति थापाले देशमा केही गर्ने र गर्न सक्ने भनेर माटोमा खुट्टा जमाएर बसेको पनि बताए । ‘मेरो सबैलाई आग्रह छ,  नेपाली कांग्रेसको तलबाट काम गर्दै गर्दै यो ठाउँसम्म हामी आइपुगेका छौँ,’ उनले भने, ‘हामी यो देशमा केही गर्छौं, गर्न सक्छौँ भनेर माटोमा खुट्टा जमाएर बसेका हौं ।’ सभापति थापाले उत्तेजनाको राजनीतिमा धेरै नबहकिन पनि आग्रह गरेका छन् ।  ‘हामी उत्तेजनाको राजनीतिमा धेरै नबहकिऊँ । यो प्रविधिले धेरैलाई हाम्रो मेहनतालाई अलमलाएको छ,’ उनले भने, ‘बेलुका घर गएर हेर्दाखेरि तपाईंले हेरेको युट्युवले, तपाईंले हेरेको फेसबुकले धेरैलाई झुक्याएको छ, धेरै भ्रममा नपरौं ।’

“बैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ”, थापाले भने । यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गतिसमेत तीव्र हुने उनको विश्वास छ । उनले यही कारणले पनि कांग्रेसलाई भोट नहाल्ने कुनै कारण नभएको बताए । उनले उम्मेदवारसँगै कांग्रेस नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै भने, ‘कांग्रेसलाई भोट नहाल्ने कुनै कारण छैन, घर घरमा गएर र कांग्रेसलाई जिताउँ भनेर आग्रह गर्नुहोस् ।’

सभापति थापाले अगाडि भने, ‘किसानका खेतमा मल पु¥याउनेदेखि बालीमा पसेका बाँदर धपाउनेसम्म टिम बनाएर अध्ययन गरेर जनताका माझ मत माग्न आएको हुँ । सामाजिक सञ्जालमा अड्केर नबस्नुहोस् घर–घरमा जानुहोस् हाम्रो बारेमा सबै कुरा गर्नुहोस् ।  यो क्षेत्रका उम्मेदवारका लागि आफूले मेहनत गरेर केही नहुने भन्दै सभापति थापाले भने, ‘यस क्षेत्रका उम्मेदवार सबैलाई आ–आफ्नो क्षेत्रमा दिनरात मेहनत गरेका छन् । उम्मेदवारले मेहनत गरेर म गगन थापा भएर तपाईसँग भोट माग्न आग्रह गरेको छ । पाँच वर्षलाई हामीलाई दिनुहोस् देश हामी बनाउँछौँ ।’

सभापति थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरे । उनले निर्वाचनको मिति नजिकिएको भन्दै नेता–कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न आग्रह गरेका हुन् । सभापति थापाले भने, ‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ – केही दिनमात्र बाँकी छ, नअलमलिनुस् कोही पनि साथीहरू, घर–घरमा जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस् ।’

कांग्रेसको सबैभन्दा ठूलो शक्ति संगठन भएको भन्दै सभापति थापाले नेता –कार्यकर्ताहरूलाई चुनाव प्रचार–प्रसारका लागि घर–घर जान, नवयुवाका कुरा सुन्न पनि आग्रह गरे । ‘हाम्रो सबैभन्दा ठूलो ताकत भनेको संगठनको ताकत हो, तपाईहरु आफ्नो खुट्टा लम्काउनुहोस, मतदाताको घर–घर पुग्नुस्’ उनले भने, ‘तपाईंको मुख चलाउनुस्, गएर संवाद चलाउनुस्, नौजवानहरूको कुरा आनन्दले सुन्नुस् ।’ थापाले नवयुवासँग कुरा गर्दा शुरूमा उनीहरूले गाली गर्न सक्नेतर्फ पनि स्मरण गराए । उनले पार्टीका नेता–कार्यकर्ताहरूसँग रिसाएका नवयुवालाई गणतन्त्र र विकासका बारेमा सम्झाउन पनि आग्रह गरे ।

‘पहिले त उनीहरूले तीन चार  लाइन गाली गर्लान् । उनीहरूसँग राम्रोसँग संवाद गर्नुस्,’ सभापति थापाले भने, ‘उनीहरूलाई बताउनुस् भन्नुस् यो कांग्रेस अधिवेशनबाट एउटा संकल्प गरेर आएको छ ।’  कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ संकल्प गरेर आएको कुरा नवयुवालाई बताउन सभापति थापाले पार्टीपंक्तिलाई आग्रह गरे । ‘हिजोका तमाम सबै राम्रा कुराहरूलाई बोक्छु, हिजोका तमाम खराब कुरालाई छोड्छु भनेर एउटा नयाँ संकल्प गरेर आएको छ, यो कांग्रेसले एउटा मौका पाउनुपर्छ,’ उनले भने, ‘यो कांग्रेसले ५ वर्षभित्र परिणाम दिने संकल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएको छ,  यो कांग्रेसले मौका पाउनुपर्छ ।’

उनले अब गाउँमा गएर काम नगरेसम्म बाँझिएका खेतबारी हराभरा हुन नसक्ने बताएका छन् । उनले भने, ‘खेतबारी बाँझिएका छन् भने घर रित्तिएका छन, अव गाउंको वातावरणलाई प्रमुखता दिइनेछ ।’ सभापति थापाले अबको पाँच वर्ष स्वर्णिम बनाउने दाबी गरेका छन् । अव मुलुकलाई ऐतिहासिक स्वर्णिम पाँच वर्ष बनाउन सबैलाई आग्रह गरे ।  उनले भने, ‘विगत पाँच छ वर्ष केवल सरकार बनाउने र फेर्ने कामका लागिमात्र खर्च भयो, यसले युवा, विद्यार्थी, तन्नेरीलाई रुष्ट बनायो । देशले गति समात्नु पर्नेमा गठबन्धनको राजनीतिले कहीँ न कहीँ प्रभावित अवस्य वनायोे भन्दै थापाले अब २०८२ देखि ८७ सम्मको पाँच वर्ष हामी आग्रह गरिरहेका छौँ, यो एउटा मौकालाई नेपालको इतिहासलाई स्वर्णिम बनाउने छौँ भनेर सपना बोकेर आएका छौँ, हामीलाई नेपालको सीमितता थाहा छ, हामी यसलाई सुधार्छौँ, प्रतिज्ञापत्र सार्वजनिक गरेका छौँ । पाँच वर्ष भनेर कुरेर बस्दैनौँ ।’

थापाले भने, ‘सिंगो कांग्रेसको जिम्मा लिएर बोल्दैछु २०४६ सालपछि भएका भनिएका सुनिएका काण्डहरुको छानबिन गर्दै गर्दां मेरै परिवारको कोही रहेछ भने पनि छुट्दैन । पाँच वर्षमा एक जनाले पनि कुनै गलत गर्यो भनेर सुन्न पाउनु हुँदैन ।’  उनले यो पाँच वर्षलाई परीक्षण नगर्न पनि आग्रह गरेका छन् । उनले मतदातालाई आग्रह गर्दै भने, ‘यो पाँच वर्षलाई परीक्षण नगरौँ, हामी काम गरेर देखाउछौं ।’ सभापति थापाले अब कुनै पनि निहत्था नेपालीको ज्यान जान नहुने र कुनै मुकुन्डोधारीले सिंहदरबार जलाउन पनि नहुने बताए । उनले नुवाकोटवासीलाई सम्बोधन गर्दै भने, ‘गोलीबाट कुनै पनि निहत्थाको ज्यान जानु हुँदै, कुनै पनि मुकुन्डोधारीले सिंहदरबार अब जलाउनु पनि हुँदैन ।’

सभापति थापाले भदौ २३ गतेको आन्दोलनको जिम्मा लिने तर भदौ २४ गतेको विध्वंशको जिम्मा नलिने सोचले भोलि पनि मुलुकलाई दुर्घटना गराउन सक्ने बताए । सभापति थापाले अगाडि भने, म संविधान र कानून बदलाब गरौँ भनेर भन्छु । तर बनाउन कति दुःख छ ।’ उनले कांग्रेसको प्रतिज्ञापत्रले अझै सबै ठाउँमा चर्चा बटुल्न नसकेको बताउँदै यथास्थितिवादी र अतिवादीले मुलुक नबनाउने दाबी गरे ।

उनले भने, ‘मैले दुई चार ओटा गालीको कुरा गरेँ भने त्यसले बेलुका भाइरल भइहाल्छ । ६४ मा आएको हैन माओवादी ? खै के भयो ? नयाँ नयाँ भनेर आउँदै गर्दा देखेको होइन हामीले ? फेरि पनि भुलभुलैयामा पर्ने ? नेपाली कांग्रेस यही देशको पार्टी हो ।’  हिजोका कमीकमजोरी मिल्काउँदै फाल्दै सच्चिने ठाउँमा सच्चिएर हामी कांग्रेस बदलेर आएका छौँ, देश पनि बदल्छौँ, यथास्थितिवादीले देशलाई अगाडि बढ्न दिँदैन ।’ कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने बताएका छन् ।

उनले ५ वर्ष नेपालमा विकासको ग्यारेन्टी, ५ वर्ष सुधारको ग्यारेन्टी र गतिमा हिँड्ने ग्यारेन्टी कांग्रेसले लिएको बताए ।  उनले प्रतिवद्धतासहित भने, ’अवको ५ वर्ष नेपालमा अब दुर्घटना हुँदैन,  हामी हुन दिन्नौँ,  हामी सम्हाल्छौँ, कुनै दुर्घटना हुन दिन्नौँ, द्वन्द्व हुन दिन्नौँ, न जातका नाममा, न  धर्मका नाममा, पहाडका नाममा, न हिमाल, न मधेस, हुने खाने र हुँदा खानेका नाममा कांग्रेसको नेतृत्वमा रहेको सरकार गतिमा हिँड्छ ।’ उनले उत्तेजनामा नबहकिन र सबैलाई सम्हालेर लिएर गएर अगाडि खेर गएको समयलाई पनि सदुपयोग गरेर काम गर्ने वाचासमेत गरे ।

’कांग्रेसले  अब ५ वर्षको सरकार बनाउँछ नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउँछ’, थापाले भने ।  कांग्रेस २ नं. क्षेत्रिय समितिले आायेजना गरेको संयुक्त चुनावी सभामा कांग्रेसका नेता तथा समानुपातिक उम्मेदवार अर्जुननरसिंह केसी, सहमहामन्त्री बहादुरसिंह लामातामाङ, नुवाकोट–१ का उम्मेदवार डा. प्रकाशशरण महत, नुवाकोट–२ का उम्मेदवार जगदीश्वरनरसिंह केसी, १ नं क्षेत्रीय सभापति ध्रुव श्रेष्ठ, तथा २ नं क्षेत्रीय सभापति एंव कार्यक्रमका अध्यक्ष जगत तामाङलगायतले देशमा परिवर्तनका लागि कांग्रेसले नेतृत्व गर्न  आवस्यक रहेको वताएका छन् ।

सभापति थापालाई १० किलोग्रामको मालाः

नुवाकोटको बट्टारमा आयोजित कांग्रेसको संयुक्त सभालाई सम्वोधन गर्न पुगेका सभापति गगनकुमार थापालाई आयोजकले १० किलोग्रामको फुलको माला पहिराएको छ ।  कांग्रेसको १० वुंदे प्रतिज्ञा योजनालाई महत्व दिदै प्रमुख अतिथी सभापति थापालाई १० केजी तौलको फुलको माला पहिराइएको कार्यक्रमका सभापति जगतवहादुर तामाङले वताए ।
सभापति थापालाई नेताहरु अर्जुननरसिंह केसी, सहमहामन्त्री बहादुरसिंह लामातामाङ, नुवाकोट–१ का उम्मेदवार डा. प्रकाशशरण महत, नुवाकोट–२ का उम्मेदवार जगदीश्वरनरसिंह केसी, १ नं क्षेत्रीय सभापति ध्रुव श्रेष्ठ, आयोजक कांग्रेस २ नं क्षेत्रिय सभापति जगतवहादुर तामाङलगायतले १० केजी सयपत्रि फुलको माला पहिराएर सम्मानित गरे ।
पहिलो पटक गंगटेपार्कको हेलिप्याडमा सभापति थापाः
चुनावी कार्यक्रममा व्यस्तताकावीच कांग्रेस सभापति थापा हेलिकप्टरमार्फत नुवाकोटको बट्टारमा पुगेर चुनावी सभालाई सम्वोधन गरेका हुन् । बिदुर नपा ५ स्थित गंगटेपार्कमा निर्मित हेलिप्याडमा उत्रिएर उनी सभास्थल पुगेका हुन् ।
उक्त हेलिप्याडसहितको गंगटेपार्क पांच वर्ष अगाडि वागमति प्रदेश सरकारले लगानीमा निर्माण भएको हो । संयोगले नेकपा एमालेका नुवाकोट २ का उम्मेदवार केशबराज पाण्डेमार्फत विनियोजित प्रदेशको वजेटवाट निर्माण गरिएको उक्त गंगटे पार्कमा पहिलो पटक कांग्रेस सभापति गगनकुमार थापा हेलिप्याडमा ल्याण्ड गरेर दुई किलोमिटर पर बट्टारका गरिएको सभास्थलमा पुगेर सम्वोधन गरेका हुन् ।
यसअघि नुवाकोटमा उच्च पदस्थ व्यक्तिहरु हेलिकप्टरमा आउंदा बट्टार र विदुरको वीचमा रहेको नेपाली सेनाको तालिम केन्द्रमा अवतरण हुने गरेका थिए । यसपटक कांग्रेस सभापति गगनकुमार थापाले तादी नदीको नजिकै रहेको गंगटे पार्कको हेलिप्याडमा अवतरण गरेर यसको सदुपयोग गरेको स्थानीयवासीले वताए ।


सर्वाधिक रुचाइएको