थपियो दमकल, होला आगलागी नियन्त्रण ?

लोकखबर
२२ फाल्गुन २०७५, बुधबार १९:३३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले दमकल थपेको छ । सुख्खायाम बढेसँगै आगलागी नियन्त्रण गर्नका लागि नयाँ दमकल थपिएको हो । पहिलेको भन्दा ठूलो क्षमताको दमकल ल्याउनका लागि उपमहानगरपालिकाले टेण्डर आव्हान गरेको थियो । अहिले ५२ लाख रुपियामा म्याम कम्पनिको दमकल हेटौंडा ल्याईएको हो । दमकल आजबाट सञ्चालन सुरु गरिसकिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए। दमकल पहिलेको भन्दा सुविधायुक्त रहेको उनले बताए ।

पहिलेको दमकल पूरानो भएका कारण पटक पटक विभिन्न समस्या झेल्न बाध्य भएकाले नयाँ दमकल खरिद गरिएको हो । यो संगै अब हेटौंडा उपमहानगरमा दुई वटा दमकल भएको छ । पूरानो त्यसमा पनि एउटा मात्र दमकलका कारण आगो नियन्त्रणका लागि समस्या भइरहेको थियो । तीस वर्ष पूरानो र नयाँ दमकल अब हेटौंडा वा अन्य क्षेत्रमा आगलागी नियन्त्रणका लागि प्रयोग हुनेछ ।

हिउँदयाममा विभिन्न आगलागीका घटना सुनिने गरेका छन् । समयमै आगलागी नियन्त्रणमा लिन नसक्दा जनधनको क्षति हुनसक्ने भएकाले दमकल थप गरी विपद् नियन्त्रणका लागि तयारी अवस्थामा रहेको मेयर महतले बताए ।

मकवानपुर जिल्ला र जिल्ला बाहिर आगो नियन्त्रणका लागि दमकल सहित पाँच जना कर्मचारी तयारी अवस्थामा रहने भएकाले विगतको तुलनामा आगो नियन्त्रणका लागि सहजता होला भन्ने अपेक्षा गरिएको छ ।

हेटौंडामा जनशक्ति तथा आवश्यकता अनुसार दमकल नहुँदा आगलागीबाट लाखौंको धनमाल नष्ट भएका थिए । ओम्याक्स हल, भाडामा लिइएको नापी कार्यालय लगायतमा लागेको आगो नियन्त्रणमा लिनका लागि पर्याप्त दमकल तथा जनशक्ति नहुँदा क्षति बढ्न पुगेको थियो ।
दमकल थपिएसंगै आवश्यक जनशक्ति पनि थपिनेछन् ।

मकवानपुर जिल्ला हेटौंडा वरिपरिमात्र आगलागी हुने होइन । फागुन, चैत, वैशाख जस्ता समयमा हावाहुरी चल्ने, आगलागी हुने समय हो । यो बेलामा मानिसका नीजि घर, पसल, उद्योग कलकारखाना, विभिन्न सरकारी संरचना, सार्वजनिक वन जहाँ पनि आगलागीका घटना हुन सक्छन् । विगतमा आगलागी स्थलमा दमकल पुग्न ढिला भएका कारण क्षति बढी हुन गएको गुनासो आएका थिए । अब नयाँ र पूरानो गरी दुई वटा दमकल हेटौंडा उपमहानगरपालिकासंग भएकाले समयमै आगलागी नियन्त्रणको कार्य हुनसक्ला र आगलागीको क्षति रोक्न रोक्न सकिएला भन्नेमा सर्वसाधारण आशावादी छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*