मध्यान्हसम्म नुवाकोटमा ३० प्रतिशत मतदान
बिदुर– दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा मध्यान्हसम्म कुल मतदाताको ३० प्रतिशत मत खसेको छ । विहान खाना खाएर मात्र मतदाताहरु मतदान केन्द्र पुगेको थिए ।
पहाडि संरचना रहेको नुवाकोटमा विहीवार दिउंसो एक वजेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दिउंसो एक वजेसम्म ३० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार नुवाकोटको दुईसय ९४ वटा मतदान केन्द्रमा उत्साहपुर्वक मतदान भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत नुवाकोटमा मतदान शान्तिपूर्ण रुपमा जारी रहेको छ ।

नुवाकोटका कुल दुईलाख ४७ हजार आठसय ६८ मतदातामध्ये दिउँसो एक बजेसम्म ३० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नुवाकोटमा रहेको एकसय ३२ वटै मतदानस्थलमा मतदान प्रक्रिया उत्साहपुर्वक, सामान्य र शान्तिपूर्ण रुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीको भनाई छ ।



















































