मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम
बिदुर – मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने उद्धेश्यले नुवाकोटको बेलकोटगढी नगरपालिकाले मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न वडामा मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या रोकथाम विषयमा कार्यक्रम गरिएको हो ।
बेलकोटगढी नपा स्वास्थ्य तथा सामाजिक शाखाको आयोजनामा विभिन्न वडाका गाउंमा पुगेर सरोकारवालामाझ ‘मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम’ सम्पन्न गरिएको हो । कार्यक्रममा शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक, सरोकारवालालगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत मानसिक स्वास्थ्यका विभिन्न पक्षमा अन्र्तक्रिया, समसामयिक घटना विश्लेषण, सहयोग र समझदारीको सन्देश प्रदान गरिएको थियो । मानसिक स्वास्थय सुरक्षालाई मजवुत वनाउनु पर्ने कार्यक्रममा निष्कर्श निकालिएको थियो ।












































