त्रिशूली अस्पतालाई ‘न्यानो झोला’ 

– मेयर श्रेष्ठले गरे हस्तान्तरण
लोकखबर
२०८२ फाल्गुन २७, बुधबार २३:०६

बिदुर – सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नुवाकोटको त्रिशूली अस्पताललाई “न्यानो झोला” प्रदान गरिएको छ । विदुर नगरपालिकाले सो अस्पताललाई उक्त झोलाहरु प्रदान गरेको हो ।

सुत्केरी आमा र नवजात शिशुलाई उपयोगी ६० थान “न्यानो झोला” त्रिशूली अस्पताललाई कार्यक्रमकावीच मेयर राजन श्रेष्ठले हस्तान्तरण गरेका हुन् । मेयर श्रेष्ठले विदुर नपाले स्वास्थय सुरक्षालाई प्रमुखता दिएकोसमेत वताए ।

मेयर श्रेष्ठले त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकी, निमित्त निर्देशक डा. राजेन्द्र लामालाई ६० थान “न्यानो झोला” हस्तान्तरण गरेका हुन् ।  झोला हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलबहादुर तामाङ, विदुर १३ का वडाध्यक्ष भरतबहादुर तामाङलगायत सरोकारवालाको सहभागिता  रहेको थियो ।

उक्त  “न्यानो झोला” ले सुत्केरी आमा तथा नवजात शिशुको उचित हेरचाह तथा स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकीले वताए । उनले विदुर नपाको सहयोग र सहकार्यले सुत्केरी आमा तथा नवजात शिशुको उचित हेरचाह र स्वास्थ्य सुरक्षामा मद्धत पुग्ने अपेक्षा गरिएको विदुर नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीको भनाई  छ ।

विदुर नगरभित्र रहेको त्रिशूली अस्पतालमा सुत्केरी हुने सुत्केरी आमा तथा नवजात शिशुको लागी उक्त “न्यानो झोला”  प्रदान गरिएको हो । त्रिशूली अस्पतालमा नुवाकोट र रसुवाका साथै धादिङको उत्तरी भेगका सर्वसाधारण उपचारका लागि आउने गर्दछन् ।


सर्वाधिक रुचाइएको