मकवानपुरका विद्यार्थीलाई यातायातमा छुट

लोकखबर
२७ फाल्गुन २०७५, सोमबार १९:१८

मकवानपुर । मकवानपुरका विद्यार्थीका यातायातमा भाडा छुट हुने भएको छ । मकवानपुका साझा यातायातहरुमा विद्यार्थीको लागि ४५ प्रतिशत छुटको व्यवस्था हुने भएको हो । मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले  साझा यातायातहरुले विद्यार्थीलाई सहुलिएत गर्नुपर्ने भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ध्यानाकर्षणपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझेपछी मकवानपुरका सिडिओ तामाङले आज सरोकारवालाहरुसंग छलफल गरेर साझा यातायातमा विद्यार्थीका लागि ४५ प्रतिशत छु्ट गराउने निर्णय गरेका छन् । बेलुका ६ बजेपछि हेटौंडा बजारबाट हेटौंडाका विभिन्न स्थानमा जाने साझा सवारीसाधन नपाईने अनि अटोरिक्साको भरपर्दा विद्यार्थी मर्कामा पर्ने गरेको भन्दै प्रजिअ तामाङ्सहित नारायणी यातायातका अध्यक्ष ज्ञानेन्द्र कार्की, मकवानपुर साझा यातायातका रविन्द्र केसी लगाएत विद्यार्थी प्रतिनिधीहरु रामकृष्ण सिवाकोटी, विकेव जयसवाल, पुजन न्यौपाने लगायतकाले आज बैठक बसेर सो निर्णय गरेका हुन् ।

बैठकले विद्यार्थी परिचयपत्रको आधारमा सवारी साधनले छुट दिने, साझा बसमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने , टेम्पो तथा मझौला व्यवसायी संघद्वारा संचालित सवारीमा पनि विद्यार्थीहरुलाई प्रचलित नियम अनुसार छुट र विद्यार्थीहरुलाई मध्यनजर गर्दै बेलुका ७ बजेसम्म सवारी साधन संचालन गरिने निर्णय भएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*