एक महिनामा १० दुर्घटना

– एक जनाको मृत्यु, २० घाइते
लोकखबर
२०८२ चैत्र २, सोमबार २३:४४

बिदुर – नुवाकोटमा एक महिनामा १० दुर्घटना भएको छ । एक जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । वितेको फागुन महिनामा नुवाकोटका विभिन्न सडकमार्गमा १० वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरीको तथ्यांक अनुसार १० दुर्घटनामा १ज्ञ वटा यातायातका साधन प्रभावित भएका थिए । दुर्घटनामा एक जनाको ज्यान जानुका साथै दुई जना गम्भीर र १८ जना सामान्य घाइते भएको प्रहरी निरीक्षक हरिवोल केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा प्रहरीले ११ जनाको उद्धार गरेको थियो ।

 

यातायातको तिव्र गती, सडकको अवस्था र मादक पदार्थ सेवनका कारण यातायात दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ट्राफिक नियमको पालना गरि यातायात चलाउन प्रहरीले आग्रह गरेको छ ।

यसका साथै वितेको एक महिनाको अवधिमा सवारी चेकजांचको क्रममा विभिन्न तीनसय आठ वटा यातायातका साधनहरु कारवाहीमा परेका छन् । उनीहरुवाट तीनलाख १७ हजार पांचसय रुपैया जरिवाना गरि राजश्व संकलन भएको नुवाकोट प्रहरीले जनाएको छ ।


सर्वाधिक रुचाइएको