विदेशी पर्यटकको सेनाद्वारा उद्धार
बिदुर – नुवाकोटसंगै जोडिएको छिमेकी रसुवाको प्सिद्ध पर्यटकिय स्थल घुम्ने क्रममा विरामी परेकी एक जना विदेशी पर्यटकको उद्धार गरिएको छ । काठमाडौदेखि नजिक रहेको लाङटाङ तथा केञ्जिङ्गभ्याली घुम्ने क्रममा विरामी भएकी एक जना विदेशी महिलालाई सेनाले मंगलवार उद्धार गरेको हो ।

रसुवाको उत्तरपुर्वी भेगमा रहेको गोसाईकुण्ड गापा–४ याम्फुमा अक्सिजनको कमीको कारण अस्वस्थ्य भएकी एक जना विदेशी महिलालाई श्रीनाथ गणबाट खटिएको सैनिक टोलीले उद्धार गरि प्राथमिक उपचारसंगै थप उपचारको लागि लाङटाङ स्वास्थ्य चौकी पु¥याएको हो ।

रसुवाको प्रसिद्ध लाङटाङ क्याङजिङ उपत्यका घुम्न जाने क्रममा अक्सिजनको कमीका कारण अस्वस्थ भएकी विदेशी महिला (पर्यटक) लाई नेपाली सेनाले उद्धार गरेको र प्राथमिक उपचार गरेपछि थप उपचारका लागि लाङटाङ स्वास्थ्य चौकीमा पु¥याएकोमा ति महिलाको स्वास्थ्य अबस्था सामान्य भएको सेनाले जनाएको छ ।












































