दुई गाउंमा स्वास्थ्य शिविर

– आठसय जनाको स्वास्थ्य परिक्षण
लोकखबर
२०८२ चैत्र ११, बुधबार ०१:३१

बिदुर- सर्वसाधारणको सुविधाका लागि नुवाकोटको दुई स्थानमा स्वास्थ्य उपचार शिविर गरिएको छ । तीन दिनसम्म सन्चालित शिविरमा आठसय जनाको स्वास्थ्य उपचार गरिएको छ ।

दुुप्चेश्वर गाउंपालिका १ घ्याङफेदी र शिवपुरी गापा १ बिनडांडामा निःशुल्क स्वास्थ्य उपचार शिविर सम्पन्न भएको हो । शिविरमा त्रिशूली अस्पतालका प्रमुख डा. राजेन्द्र लामासहित ६ जना चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मीले आठसय जना विभिन्न प्रकृतिका विरामीहरुको स्वास्थ्य परिक्षण गरेका हुन् ।

दुप्चेश्वरको घ्याङफेदीमा ६ सय आठ र शिवपुरीको बिनडाँडामा एकसय ७९ जना गरि सात सय ८७ जनाले स्वास्थय परिक्षण लिए सेवा लिएको आयोजक ड्रिम पाथ फाउन्डेसनले जनाएको छ । सदरमुकाम तथा स्वास्थय संस्था जान नसकेका गाउंका सर्वसाधारणले शिविरवाट लाभ लिएको आयोजक फाउण्डेसनका अध्यक्ष दामोदर प्याकुरेलको भनाई छ ।

शिविरमा ६० प्रतिशत महिला तथा वृद्धवृद्धाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । शिविरमा टोल सुधार समिति र घ्याङफेदी ऊर्जाशील युवा क्लबले सहजीकरण गरेको थियो ।


सर्वाधिक रुचाइएको