चालक तथा सहचालकको स्वास्थ्य परिक्षण

– ट्राफिक प्रहरीकोसमेत स्वास्थ्य पहिचान
लोकखबर
२०८२ चैत्र १२, बिहीबार ००:४३

बिदुर- यातायातकर्मी तथा प्रहरीहरुको नुवाकोटमा स्वास्थ्य परिक्षण गरिएको छ । पहिलो चरणमा यातायातकर्मी र दोश्रो चरणमा ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको स्वास्थ्य परिक्षण गरिएको हो ।

जिल्ला ट्राफिक कार्यालय नुवाकोटले यातायात सुरक्षालाई ध्यान दिदै अस्वस्थ तथा बिरामी भएका भएका चालकहरुले सवारी चलाउदा हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्धेश्यका चालक तथा सहचालकहरुको स्वास्थ्य परिक्षण गरेको हो । विदुर नपा १ ढुंगे ओरालोमा रहेको नेपाल अस्पतालसंगको सहकार्यमा विभिन्न सवारी साधनका चालक तथा सहचालकहरुकोे निः शुल्क स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विनोद ढकालले जानकारी दिए ।

यसैवीच, जिल्ला ट्राफिक कार्यालय नुवाकोट तथा मातहत ट्राफिक पोष्टहरु र अस्थायी प्रहरी विट बिदुरमा कार्यरत १३ जना प्रहरी कर्मचारीहरुको निः शुल्क स्वास्थ्य परिक्षण गरिएको छ । जसअन्तर्गत रगत परिक्षणका साथै विभिन्न स्वास्थ्य अवस्थाहरुको परिक्षण गरिएको हो ।


सर्वाधिक रुचाइएको