होलीको रमझममा पत्रकार

लोकखबर
६ चैत्र २०७५, बुधबार १५:५६

मकवानपुर । रंगहरुको पर्व होली मकवानपुरमा मनाइएको छ । मकवानपुरका पत्रकारहरुले आपसमा होली खेलेका छन् । पत्रकार महासंघ मकवानपुर शाखामा होली विशेष कार्यक्रम सुरु गर्दै पत्रकारहरुले जिल्लाका विभिन्न सञ्चारगृहमा सामुहिक होली खेले ।
पत्रकार महासंघमा आयोजित होली विशेष कार्यक्रममा महासंघ अध्यक्ष हरि हुमागाईं, ब्रोडकास्टिङ् एशोसिएसन अफ नेपाल (बान) का केन्द्रिय उपाध्यक्ष उज्जव चौलागाईं, पत्रकार महासंघ प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य राजन दाहाल लगायतले होलीका अवसरमा शुभकामना व्यक्त गरे ।
पत्रकारहरुले उद्योग संघ मकवानपुर, हेटौंडा एफएम, रेडियो मकवानपुर लगायत मकवानपुरका सञ्चारगृहमा पुगेर आपसमा होली खेले । सधैं सञ्चारकर्ममा लागिपर्ने पत्रकार आफ्नो काम थाती राखेर भएपनि होलीको रमझममा रमाउने गर्दछन् ।

 

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*