नुवाकोटवाट दशौं मन्त्रि भए डा. तिमिल्सिना

– आकांक्षी थिए परराष्ट्रको, भए सन्चारमन्त्रि
लोकखवर विशेष संवाददाता
२०८२ चैत्र १४, शनिबार ०२:५५

बिदुर – सामान्य मध्यमवर्गिय परिवारमा जन्मिएका नुवाकोटको पन्चकन्याका छोरा विक्रम तिमिल्सिना पहिलो संसदीय यात्रामै महत्वपुुर्ण मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । उनी वालेन्द्र शाह नेतृत्वको सरकारमा महत्वपुर्ण मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । काठमाडौंसंगै जोडिएको नुवाकोट–१ बाट गत फागुन २१ गतेको निर्वाचनमा निर्वाचित डा. विक्रम तिमिल्सना शुक्रवार गठित मन्त्रिपरिषदमा सञ्चार तथा सूचना प्रविधि मन्त्री भएका छन् ।

प्रधानमन्त्रि वालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डलको दशौं वरियतामा रहेका मन्त्रि डा. तिमिल्सना नुवाकोटवाट संघीय मन्त्रि हुनेमा पनि दशौं व्यक्ति भएका छन् ।नुवाकोटको पन्चकन्या गाउंपालिका १ वानियाटार घर भएका ४३ वर्षिय मन्त्रि डा. तिमिल्सनाले प्रविधिमार्फत देश परिवर्तन गरिने वताए । मन्त्रि डा. तिमिल्सिना आफ्नो जिम्मेवारीलाई इमान्दारीपुर्वक पुरा गर्ने वताउंछन् ।

उनी निकट श्रोतका अनुसार उनले परराष्ट्रमन्त्रिमा आकांक्षा राखेका थिए । यद्यपि, मन्त्रिमण्डल विस्तारका क्रममा उनी सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुन पुगे ।गाउंकै इन्द्रायणी आधारभुत विद्यालयमा प्रारम्भिक र लिखु गापा ४ चौघडास्थित क्षेत्रपाल माविवाट एसएलसी उत्तिर्ण गरेका डा. तिमिल्सिनाले अष्ट्रेलियाको ग्रिफिट विश्वद्यिालयवाट राजनीति र अन्र्तराष्ट्रिय सम्वन्धमा विद्यावारिद्यि गरेका हुन् ।

उनी अध्ययनका क्रममा अष्ट्रेलिया नौ वर्ष वसेर फर्किएका हुन् । सामान्य मध्यवर्गिय किसान परिवारमा जन्मिएका डा. तिमिल्सिनाका माता, पिता, पत्नी र छोरा रहेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीको अन्र्तराष्ट्रिय समन्वय विभागका सदस्यसमेत हुन् ।

कविता, गजललगायतका साहित्य विद्यामा रुचि राख्ने तिमिल्सिनाले केहि समय रेडियो सगरमाथामा कार्यक्रम प्रस्तोताको रूपमा समेत काम गरेका थिए । वर्तमान रास्वपाको झण्डै दुई तिहाइको सरकारमा उनी पार्टी सभापति रवि लामिछाने पक्षधर हुन् । संघीय सरकारमा नुवाकोटवाट मन्त्रि हुनेमा डा. तिमिल्सिना दशौं व्यक्ति हुन् ।

यसअघि नै नुवाकोटवाट अर्जुननरसिंह केसी, जीतसिंह खड्का, डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, महेन्द्रवहादुर पाण्डे, डा. प्रकाशशरण महत, पोष्टवहादुर वोगटी, हितवहादुर तामाङ र राधिका तामाङ मन्त्रि भइसकेका छन् । राधिकाले भने कृषि राज्यमन्त्रिको भुमिका निभाएकी थिइन् भने अन्य सवैले क्याविनेट मन्त्रिको भुमिका निभाइसकेका छन् । देशमा संविधान तथा संघीयता कार्यान्वयनपछि तेश्रो पटक भएको ऐतिहासिक प्रतिनिधि सभा निर्वाचनअन्र्तगत नुवाकोट–१ बाट प्रतिनिधिसभामा निर्वाचित विक्रम तिमिल्सिना बालेन्द्र शाह नेतृत्वको मन्त्रीमण्डलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री भएर पदभारसमेत ग्रहण गरिसकेका छन् ।

उनले युवा पुस्ताको भावनालाई समेटेर सूचना र प्रविधिमार्फत विकास र परिवर्तन गरिने वताए । डा. तिमल्सिनाले त्रिभूवन विश्वविद्यालय मानविकी संकायअन्तर्गत स्नातकोत्तरको सार्वजनिक नीति, सुशासन तथा भ्रष्टाचार निवारण शिक्षामा अध्यापनसमेत गराएका थिए । साथै उनले एउटा सेमेस्टरमा राजनीतिक भ्रष्टाचार निवारण विषय पढाउने गर्दथे ।

सोही विषय शिक्षामन्त्रि सस्मित पोखरेल अध्ययन गरिरहेका छन् । अहिले बालेन शाहको मन्त्रिपरिषदका सन्चारमन्त्रि तिमिल्सिना शिक्षक र शिक्षामन्त्रि पोखरेल विद्यार्थी हुन् । शिक्षक र विद्यार्थी दुवै जना मन्त्री वालेन्द्र सरकारको महत्वपुर्ण मन्त्रालय सम्हाल्न पुगेका हुन् । सञ्चारमन्त्री तिमिल्सिना तीन वर्षअघि नै रास्वपाका सदस्य बनेका थिए ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा आवद्ध उनी अन्तर्राष्ट्रिय सम्बन्धमा ज्ञान तथा दख्खलसमेत राख्दछन् । उनले अस्ट्रेलियाकोे स्कुल अफ गभर्मेन्ट एन्ड इन्टरनेसनल रिलेसनबाट राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका हुन् । कांग्रेसका प्रवक्तासमेत रहेका पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतलाई पराजित गर्दै प्रतिनिधिसभामा पहिलो पटक स्थान बनाएका तिमिल्सिनाले मन्त्रिमा आकांक्षा जनाएकै वेला मन्त्रि भए ।

साधारण जीवनशैली, स्पष्ट विचार, खुल्ला अभिव्यक्ति र परिवर्तनमुखी सोच भएका तिमिल्सिनाले स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो विश्वास जितेका युवा अगुवा जीतेन्द्र अर्याल वताउंछन् । तिमिल्सिनाले पाएको मन्त्रिको जिम्मेवारीलाई “नयाँ पुस्ताप्रति जनताको विस्वास” र युवा पुस्ताप्रति जनताको जागरणको प्रमाणका रूपमा लिइएको रास्वपा नुवाकोटका सभापति रामेश्वर गजुरेलको धारणा रहेको छ । मन्त्रि तिमिल्सिनाले युग सुहाउंदो, गुणस्तरिय सूचना प्रविधि र सञ्चार क्षेत्रलाई आधुनिक तथा पारदर्शी बनाउने अपेक्षा गरिएको छ ।

मन्त्रि तिमिल्सिनाको मुख्य चुनौती मतमार्फत जनताले देखाएको विश्वासलाई कार्य सम्पादनमार्फत प्रमाणित गर्नु पर्ने देखिएको छ । नेपालको शान्ति प्रक्रिया र विदेश नीतिमा उनको अनुसन्धान विशेषज्ञता रहेको छ । भ्रष्टाचार विरुद्धको अध्ययनमा जानकार तिम्लिसिनाले भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही सुशासन प्रणाली निर्माण गर्ने विषयमा स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले शुक्रबारै सिंहदरबार पुगेर मन्त्रालयमा आफ्नो पदभार ग्रहण गरेका छन् । सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसंग संचार मन्त्रीको शपथ लिएपछि उनले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । विभिन्न क्षेत्रमा सञ्चारकर्मको अनुभव, भूराजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा अनुभव लिएका नुवाकोट–१ का रास्वपा सांसद डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि तथा सञ्चार मन्त्री बनेका हुन् ।

उक्त मन्त्रालयमा १२ वर्ष अगाडि केहि समय नुवाकोटकै पोष्टवहादुर वोगटीलेसमेत मन्त्रि भएका थिए । वोगटी लगत्तै उर्जामन्त्रि भए । यसरी डा. तिमिल्सिनाले नयां नेपाल वनाउने उद्घोषसहित राजनीति सुरु गरेको तीन वर्षमै सरकारको महत्वपुर्ण मन्त्रालय सम्हाल्न पुगेका छन् । उनी नुवाकोटको बानियाटार हुंदै सिंहदरवारको मन्त्रालयसम्मको यात्रामा पुगेका हुन् ।

आफुले मन्त्रि पदलाई देशको सूचना, प्रविधि र डिजिटल भविष्यलाई सही दिशा दिने गम्भीर दायित्वका रूपमा ग्रहण गरेको उनले जनाएका छन् । विशेषगरी युवाको परिवर्तनमुखी सोच, पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी शासनको अपेक्षालाई आत्मसात गर्दै, नयाँ सकारात्मक राजनीतिक संस्कृतिको निर्माणतर्फ दृढताका साथ अघि बढ्ने प्रतिबद्धतासमेत मन्त्रि डा. तिमिल्सिनाले जनाएका छन् ।


सर्वाधिक रुचाइएको