बिदुरमा एमालेको प्रदर्शन

– मशाल जुलुश र प्लेकार्ड वोकेर बिरोध
लोकखवर राजनीतिक व्युरो
२०८२ चैत्र १४, शनिबार २३:१४

बिदुर– नुवाकोटको बिदुरमा नेकपा एमालेको जनवर्गिय संगठनहरुले मसाल जुलुससहित बिरोध प्रदर्शन गरेका छन् । एकैपटक मशाल जुलुश र प्लेकार्ड वोकेर विरोध प्रदर्शन गरेका हुन् ।  नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्माओलीलाई पक्राउ गरिएको विरोधमा नुवाकोटको बिदुरमा शनिवार वेलुकी एमाले नेता, कार्यकर्ता तथा जनवर्गि संगठनहरुले मसाल जुलुससहित प्रदर्शन गरेका हुन् ।

एमालेका नेता तथा कार्यकर्ताले बिदुरस्थित पार्टी कार्यालयबाट लोकतान्त्रिक चौतारामा मसाल जुलुस निकाल्दै सरकारको कदमविरुद्ध नाराबाजी गरेका हुन् ।  सरकार विरोधी नारा लगाउंदै प्रदर्शनकारीहरूले ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै तत्काल रिहाइको माग गरेका छन् ।  प्रदर्शनका क्रममा सहभागीहरूले हातहातमा मसाल बोकेर राजनीतिक प्रतिशोध बन्द गर, केपी ओली रिहाई गर, लोकतन्त्रको रक्षा गर, रमेश लेखकको रिहाई गरलगायतका नाराहरू लगाएका थिए ।

उनीहरूले सरकारको कदम प्रतिशोधपुर्ण रहेको र यसले लोकतान्त्रिक मूल्य र मान्यतामा आघात पुगेको बताएका छन् ।   सम्भावित अप्रिय घटनालाई ध्यानमा राख्दै बिदुरमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।   नेकपा एमालेले नुवाकोटको विदुरमा विभिन्न जनसंगठनको संयुक्त आयोजनामा प्रदर्शन गरिएको हो । एमाले पार्टी कार्यालयदेखि हातमा विभिन्न नारा उल्लेख गरिएका प्लेकार्डसहित निस्केको मशाल जुलुश लोकतािन्त्रक चौतारासम्म पुगेर कोणसभामा परिणत भएको थियो ।

एमालेका नेता तथा कार्यकताहरूले हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष ओली र कांग्रेस नेता रमेश लेखकलाई तत्काल रिहा गर्न माग समेत गरेका छन् । मशाल जुलुशपछि लोकतान्त्रिक चौतारोमा पुगेर संक्षिप्त भनाई राख्दै एमाले नेताहरुले सरकारले सुरुमै कानुन विपरित प्रतिशोधपुर्ण व्यवहारमा उत्रिएको आरोप लगाए ।

नेकपा एमाले नुवाकोट १ का अध्यक्ष सुशीलकुमार खड्कालगायतले सरकारले ओली र लेखकमाथि सरकारले प्रतिशोध गरेको भन्दै तत्काल रिहा गर्न माग गरे ।  रिहा नगरेमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् ।


सर्वाधिक रुचाइएको