किसानहरुलाई मिनिट्रिलर प्रदान

– अनुदानमा हस्तान्तरण
लोकखबर
२०८२ चैत्र १४, शनिबार २३:२२

बिदुर– किसानहरुलाई आधुनिक खेति प्रणालीमा सरिक गराउने उद्धेश्यले नुवाकोटको वेलकोटगढी नगरपालिकामा कृषि उपकरण सहयोग कार्यक्रम सन्चालन गरिएको छ । यसवाट किसानहरु लाभान्वित भएका छन् ।

किसानहरुको माग र आवस्यकता अनुसार बेलकोटगढी नपाको सहयोगमा उक्त नपाको वडा नं. १० का किसानहरुलाई श्रम सहज बनाउन तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले मिनिट्रिलर वितरण गरिएको हो । ५० प्रतिशत अनुदानमा किसानहरुलाई उक्त मिनिट्रिलर हस्तान्तरण गरिएको हो ।

यसवाट कृषि कार्यलाई थप सहज, प्रभावकारी र आधुनिक बनाउने विश्वास लिइएको मेयर जगतवहादुर गुुरुङको भनाई छ । उनका अनुसार किसानहरुले आधुनिक उपकरण प्रयोग गरि खाद्यान्न तथा तरकारी वालीको उत्पादनमा वढोत्तरी हुने विस्वास लिइएको छ ।

अनुदानमा उक्त मिनिट्रिलर किसानहरुलाई वेलकोटगढी १० का वडाध्यक्ष प्रल्हाद थपलियालगायतले हस्तान्तरण गरे । थपलियाले उपकरणको सदुपयोग गर्दै उत्पादन वढाई आयआर्जनमा समेत प्रवद्र्धन गर्न किसानहरुलाई आग्रह गरे ।


सर्वाधिक रुचाइएको