शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा

लोकखबर
६ चैत्र २०७५, बुधबार १८:०७

मकवानपुर । मकवानपुरको हेटौंडामा भोलीबाट सुरु हुने दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता-२०७५ को तयारी पूरा भएको आयोजकले जनाएको छ ।

चैत १६ गते शनिबारसम्म हेटौंडा-१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने आयोजक संघ अध्यक्ष टिकाराम लामाले जानकारी   दिए । प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक, एक विदेशी र आठवटा नेपालका चर्चित ‘ए’ डिभिजन क्लबको सहभागिता रहने भएको हो ।

प्रतियोगितामा आयोजक, दाफिन्स र थ्रीस्टार, आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, मच्छिन्द्र, हिमालयन शेर्पा, सरस्वती र च्यासल युथ क्लब सहभागी हुने भएको हो । प्रतियोगिताका विजेता तथा उपविजेताले नगद क्रमशः आठलाख रुपियाँ र चारलाख रुपियाँ प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २०/२० हजार रुपियाँको व्यवस्था गरिएको आयोजक समितिका अध्यक्ष टीकाराम लामाले जानकारी दिए । प्रतियोगितामा करिब ८५ लाख खर्च अनुमान गरिएको छ ।

प्रतियोगिताका लागि फरेष्टि मैदान घेर्ने काम भइसकेको छ भने करिब चारहजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिएको छ । बाँसको र फलामको प्याराफिटको व्यवस्था गरिएको छ । प्रतियोगिताको उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता उद्घाटन समारोह दिउँसो २ बजेबाट हुने आयोजकले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*