यस्तो दुःखद खबर : स्कुटी दुर्घटनामा १७ बर्षिया किशोरीको मृत्यु !

लोकखबर
८ चैत्र २०७५, शुक्रबार २०:४०

मकवानपुर । मकवानपुरको हेटौंडामा स्कुटी दुर्घटनामा परी एक १७ बर्षिया किशोरीको ज्यान गएको छ । विहीबार बेलुका हेटौंडा ८ चैत, हेटौंडा उपमहानगरपालिकाको वडा नंबर १५ चुरीयामाई नजिकै रहेको पुलमा स्कुटी दुर्घटनामा परी बागमती गाउँपालिका ५ की लक्ष्मी केसीको मृत्यु भएको हो । उनी ना ५२ प ९४३८ नम्बरको स्कुटी पछाडी बसेकी थिइन् । मृतक किशोरी हेटौंडा क्याम्पसमा कक्षा १२ मा अध्ययरत रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्कुटी चालक हेटौंडा ७ का २० बर्षिय भुषण चौलागाईको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । उनको उपचार भइरहेको जनाइएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*