युवा रेडक्रस हेटौंडा १९ को अधिवेशन
मकवानपुर । युवा रेडक्रस सर्कल हेटौंडा १९ को दोश्रो साधारणसभा तथा अधिबेशन शनिबार भएको छ ।
सभाको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका मन्त्री खेमराज सापकोटाले उद्घाटन गरे । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य राजु घले, बसामाडी उपशाखा सभापति राजकुमार भेटवाल,नेपाल रेडक्रस सोसाइटी जिल्ला जुनियर युवा समितिका उपसंयोजक शिवहरि दाहाल, सदस्यद्वय हिक्मत श्रेष्ठ, सागर लम्साल लगायतकाले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाले सज्जन ढकाल इन्चार्ज रहने गरि संजोग उप्रेतीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको जनाइएको छ ।