त्रिशूली अस्पतालको सामाजिक परिक्षण
बिदुर – नुवाकोटको त्रिशूली अस्पतालले सामाजिक परिक्षण गरेको छ । अस्पतालमा विरामीहरुको आकर्षण वढिरहेको छ । नुवाकोट, रसुवा र धादिङ तीन जिल्लाका सर्वसाधारणको उपचार हुंदै आएको त्रिशूली अस्पतालको सामाजिक परीक्षण कार्यक्रम आइतवार सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरुले अस्पतालको सेवा सन्चालन र प्रभावकारीतालाई अझै वढोत्तरी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले त्रिशूली अस्पतालले उपलव्ध श्रोत र साधनले विरामीहरुको उपचार गरिरहेको उल्लेख गर्दै विरामीहरुलाई काठमाडौ जानु पर्ने वाध्यताको अन्त्य गरि विरामीहरुको लागि गन्तव्य अस्पतालको रुपमा रहेको वताए ।

कार्यक्रममा बिदुर नपाकी उपमेयर प्रभा वोगटी, अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकी, अस्पतालका प्रमुख डा. राजेन्द्र लामा, विदुर ९ का वडाध्यक्ष हरेराम भण्डारी, त्रिशूली अस्पतालकी सदस्य अन्जली पाण्डे, अस्पतालका पुर्व अध्यक्ष राजु पण्डितलगायतले त्रिशूली अस्पतालले तीन जिल्लावासीको स्वास्थ्य उपचार गरिरहेको वताए । यसैवीच, विरामीहरुलाई शिष्टार शैलीमो सेवा सन्चालनका लागि अस्पतालले आफ्ना कर्मचारीहरुलाई प्रशिक्षण दिएको छ ।

त्रिशूली अस्पतालका कर्मचारीहरूलाई सेवाग्राहीहरूसँग नरम शिष्टाचार बोली वचन व्यवहार गर्नको लागि नरम व्यवहार र कम्युनिकेसन सम्बन्धि तालिम प्रदान गरिएको हो । तालिममा अस्पतालमा विरामीहरुसंग फ्रण्टलाइनमा सेवा सन्चालन गर्न खटिने कर्मचारीहरुको सहभागिता रहेको थियो ।

त्रिशूली अस्पतालमा कर्मचारीहरूलाई सेवाग्राहीहरूसँग नरम शिष्टाचार बोली वचन व्यवहार गर्नको लागि उक्त तालिम प्रदान गरिएको हो । यसवाट विरामीहरुले उपचार सेवा तथा अन्य सेवा लिदा प्रभावकारिता पाउने अपेक्षा त्रिशूली अस्पतालले लिएको छ ।


























































