प्रदेश ३ सरकारले हावाहुरी प्रभावितलाई एक करोड सहयोग गर्ने

लोकखबर
१९ चैत्र २०७५, मंगलवार १३:१८

मकवानपुर । बारा तथा पर्साका हावाहुरी प्रभावितलाई प्रदेश सरकारले एक करोड रुपिया सहयोग गर्ने भएको छ । आज विहान बसेको प्रदेश सरकार मन्त्रिपरिषद बैठकले हावाहुरी प्रभाविचको आवास निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकले बारा र पर्साका हावाहुरी प्रभावितलाई ३ दिन बराबरको तलब सहयोग गर्ने निर्णय पनि गरेको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आफ्ना १०९ सदस्यबाट ३ दिनको तलब सहयोग गर्ने निर्णय गरेको समितिका सदस्य रहेका काँग्रेस सचेतक छिरिङ्ग दोर्जे लामाले जानकारी दिए ।
आइतबार आएको भयानक आँधीबाट अहिलेसम्म बारामा २७ र पर्सामा २ जनाले ज्यान गुमाएका छन् भने ६ सयभन्दा बढी घाइते भएका छन् । आँधीबाट सयौको घर भत्किएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*