लगानी जुटाउन प्रदेश सरकारको यस्तो कार्यक्रम

मकवानपुर । प्रदेश ३ सरकारले विकास तथा समृद्दिका लागि लगानी भित्राउन अन्तरक्रिया गर्ने तयारी गरेको छ । सरकारले आगामी वैशाख ६ र ७ गते चितवनको भरतपुरमा निजी क्षेत्रका संस्थाका प्रतिनिधी लगायतको सहभागितामा अन्तरक्रिया गर्ने तयारी गरेको हो ।
कार्यक्रमका विषयमा मकवानपुरको हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा प्रदेश नीति तथा योजना आयोगले जानकारी दियो । नेपालकै निजी क्षेत्र संग भएको रकम प्रदेश ३ मा लगानी गरेर काम गर्ने उदेस्यले लगानी सम्मेलन गर्न लागिएको प्रदेश नीति तथा योजान आयोगका उपाध्यक्ष डाक्टर खिमलाल देबकोटाले जानकारी दिए । पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कार्यक्रमको उद्घाटन गर्ने तयारी छ ।
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, सांसद, प्रमुख सचिव, मन्त्रालयका सचिव, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष लगायतको सहभागिता रहने जनाइएको छ । प्रदेशमा विकासका लागि सञ्चालन गर्न लागिएको कार्यक्रम कत्तिको प्रभावकारी होला त्यो भने हेर्न बाँकी छ ।