मकवानपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु, १२ जना घाइते

लोकखबर
२ बैशाख २०७६, सोमबार १४:२७

मकवानपुर । मकवानपुरको मनहरी खैराङ् नजिकै सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
विराटनगर घर घएका को ३४ प ७४९७ नम्बरको मोटरसाईकल चालक विराटनगर घर भएका ३१ वर्षीया रविन्द्र कुमार पोदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
मनहरीबाट हेटौंडा आउदै गरेको ना १ ज ४८६७ नबंरको सुमोले सोही दिसाबाट आउदै गरेको मोटरसाईकललाई ठक्कर दिदाँ पोदारको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । सुमोमा सवार घाइते १२ जनाको अहिले चुरेहील अस्पताल र चितवनको पूरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*