विप्लवका विषयमा हेटौंडा आएका गृहमन्त्री थापाको यस्तो भनाई

प्रदेश ३ स्तरिय सुरक्षागोष्ठीमा गृहमन्त्री
लोकखबर
४ बैशाख २०७६, बुधबार १७:५२

मकवानपुर । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा ध्वंसात्मक गतिविधिमा सक्रिय भएकाले प्रतिबन्ध लगाइएको बताएका छन् । मकवानपुरको हेटौंडामा आयोजित प्रदेश ३ स्तरीय सुरक्षा गोष्ठीमा उनले विप्लवको गतिविधीमाथि प्रतिबन्ध लगाइएको विषयमा बोलेका हुन् ।
हिंसात्मक गतिविधीमा विप्लवको पार्टी लागेको भन्दै उनले सरकार प्रतिबन्धको निर्णयमा पुगेको प्रष्ट पारे । गृहमन्त्री थापाले ध्वंस मच्चाउने छुट कसैलाई पनि नभएकाले त्यस्ता गतिविधी गर्नेलाई कारवाही हुने उनको भनाई छ ।
राज्यविरोधी गतिविधि गरेको समयमा सिके राउतलाई पनि नियन्त्रणमा लिएको बताउँदै थापाले विप्लव नेतृत्वका नेताहरुले संविधानविरोधी क्रियाकलाप गरेकाले नियन्त्रणमा लिइएको बताए ।
गोष्ठीमा गृहसचिव प्रेमबहादुर राई, गृहमन्त्रीका सुरक्षा सल्लाहकार ईन्द्रजित राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी, नेपाली सेनाका प्रतिनिधि, ३ नम्बर प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुख, १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*