प्रदेशसभाको बैठक बस्दै, राजधानीबारे छलफल होला ?

लोकखबर
५ बैशाख २०७६, बिहीबार ०६:२१

मकवानपुर । प्रदेश ३ को प्रदेशसभाको बैठक आज बस्दैछ । यसअघि हिजो बसेको प्रदेशसभामा पहिलो पटक शून्य समयको अभ्यास गरिएको थियो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले पहिलोपटक शून्य समयको व्यवस्था गरिएको हो । यसअघि विशेष समयमा सांसद्हरुले आफ्नो भनाइहरु सदन व्यक्त गर्दै आएका थिए । सभामुख श्रेष्ठले उपलब्ध गराएको एक मिनेटको समयमा १४ जना सांसद्हरुले विभिन्न विषयको उठान गरेका थिए। शुन्य समयमा विशेष गरी प्रदेशको स्थायी राजधानीको विषयको उठान भएको थियो । सांसद् छिरिङ दोर्जे लामाले विशेष समयमा प्रदेश सरकार अलमल भएपनि प्रदेशसभा अलमल हुन नहुने भन्दै प्रदेशसभामा सभामुखले उद्घोष गरेको राजधानी टुंगो लगाउने कार्यविधि कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए ।
शुन्य समयमै सांसद् जीवन डंगोलले प्रदेशको स्थायी राजधानी तोक्ने विषयमा संवैधानिक अधिकारको प्रयोग गर्न सांसद् र सभामुख दुवै चुकिरहेको आरोप लगाए। विशेष समयमा सांसद्हरु जगतबहादुर सिम्खडा, केशवराज पाण्डे, गणेशप्रसाद दुलाल, कृष्णप्रसाद खनाल, केशबप्रसाद पोखरेल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद भुर्तेल र कल्पना नेपालीलगायतले आफ्नो धारणा राखेका थिए। विशेष समयमा उठेको प्रश्नको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले दिएका थिए। मंगलबारको प्रदेशसभा बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालले प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि शिक्षा स्वास्थ्य तथा कृषि समितिले बनाएको प्रतिवेदन सदनमा छलफल पछि पारित भएको छ ।
प्रदेश मामिला समिति सभापति माधव पौडेलले प्रदेशसभाका पदाधिकारी तथा प्रदेशसभा सदस्यहरुको सेवासुविधाको सम्बन्धमा बनेको विधेयक-२०७५ माथिको संशोधन प्रस्तावको समितिमा दफाबार छलफल पश्चात सदनमा पेश गरेका थिए । शिक्षा, कृषि तथा स्वास्थ्य समिति संयोजक घनश्याम दाहालले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिमा दफाबार छलफलपश्चात् सदन पारित गर्नका लागि पेश गरेका थिए ।
प्रदेशसभाको आजको बैठकमा स्थायी राजधानीबारे छलफल होला नहोला भन्ने आम चासो छ । अब प्रदेशसभाको बैठकमा यस विषयको टुङ्गो लगाइने भनिएपनि टुङ्गो लाग्ने गरी निर्णय भएको छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*