झण्डै पांचसय संघसंस्थाको राहत संकलन

– राशन, लत्ताकपडा, भांडाकुडा तथा नगदसमेत वितरण
लोकखबर
२०८३ आश्विन ३, शनिबार २२:०३

बिदुर  – लेन्देखोलावाट रसुवागढी हुदै भोटेकोशीवाट त्रिशूली नदीमा मिसिएको अकल्पनिय बाढीले नुवाकोटमा विभिन्न स्थानमा ठुलो मात्रामा क्षति गरेपछि पीडितहरुलाई राहत तथा उद्धार कार्य सन्चालन भइरहेको छ । त्रिशूली पारीतर्फ पश्चिमी भेगमा पुल नभएका कारण राहत वितरणमा केहि असहजता आएको छ । तीन साताको अवधिमा हालसम्ममा नुवाकोटको विभिन्न स्थानका लागि चारसय ७७ वटा संघ–संस्था मार्फत राहत संकलन भएको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । राहतमा राशन, लत्ताकपडा, भांडाकुडा तथा नगदसमेत वितरण गरिएको छ ।

गृह मन्त्रालय, विपद जोजिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, सवै सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि रहेको संयन्त्र मार्फत एकद्वार प्रणाली अनुसार राहत वितरण कार्य भइरहेको प्रशासकिय अधिकृत रुपेशप्रसद नेपालले जानकारी दिए । उनका अनुसार राहत सामग्रीहरु . जिल्ला समन्वय समितिको हल, मैथली व्यारेक र बिदुर नगरपालिकाको कार्यालयमा राहत संकलन र वितरणको कार्य भइरहेको छ । हाल सम्ममा एहजार ९० वटा ठाउहरूमा राहत ववतरण भएको प्रशासनले जनाएको छ । त्रिशूली नदीमाथिका धेरे पुलहरु बाढीले वगाएका कारण पश्चिमी भेगतर्फ राहत लैजान घुमाउरो वाटो तथा वैकल्पिक मार्ग खोज्नुपर्ने वाध्यता रहेको छ ।

१४ वटा वैकल्पिक सडक मार्ग राहत तथा उद्धारका लागि प्रयोगमा ल्याइएको प्रशासनले जनाएको छ । यसका साथै विदुर नगरपालिकाका त्रिशूली बजार र कोलोनीका बाढी प्रभावितलाई भान्छाका सामग्रीहर प्रदान गरिएको छ । स्थानीय तीनसय घरपरिवारलाई ग्याससहितको सिलिन्डर समेत किचन सेट वितरण गरिएको हो ।  यता, नेपाली काङ्ग्रेस संगठन विभाग नुवाकोटले विभिन्न आश्रित केन्द्रमा रहेका बाढीपीडितहरुका लागि लत्ताकपडालगायतका राहत सामाग्रीहरु प्रदान गरेको छ । आश्रित केन्द्रमा पुगेर ओछ्यान, सिरक, सिरानी, ब्ल्याङककेट, जुत्ताचप्पल, टिसर्ट, ट्रयाकसुट, कुर्तासुरुवाल, प्यान्ट, वितरण गरिएको हो ।

बाढीमा ज्यान गुमाएका ३० श्रमिक परिवारलाई अखिल नेपाल ट्रेड युनियन महासंघले राहत सामग्री प्रदान गरेको छ । प्रलयकारी बाढीबाट जीवन गुमाएका श्रमिकका ३० परिवारलाई पहिलो चरणको राहतस्वरूप किचन सेट वितरण गरिएको हो । बाढी प्रभावित तथा पीडित परिवारलाई निरन्तर सहयोग गर्दै आएको महासंघले आगामी दिनमा पनि राहत तथा सहयोगलाई निरन्तरता दिने जनाएको छ । थप राहत उपलब्ध गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता समेत महासंघले जनाएको छ ।


सर्वाधिक रुचाइएको