नेकपा मकवानपुर अध्यक्षमा मुनु, सचिवमा छिन्तु

लोकखबर
९ बैशाख २०७६, सोमबार २०:०६

मकवानपुर । नेकपा मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन भएकी छिन् । तत्कालीन् एमाले मकवानपुरकी अध्यक्ष एवम् हाल प्रदेश ३ की सांसद समेत रहेकी सिग्देलले नेकपाको जिल्ला नेतृत्व पाएकी हुन् ।
तत्कालीन माओवादी मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तु’ भने सचिव चयन भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ जिल्लामा टुङ्गो लगाएको पार्टी नेतृत्व सोमबार सार्वजनिक गरिएको हो ।
नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको थियो ।
दुवै पार्टीबिच एकता भएको एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाइको हो ।

‘छिन्तु’

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published.


*