दुप्चेश्वरमा वढ्दै भक्तजन

– एकैदिन दुई लाख रुपैया भेटी संकलन
लोकखवर विशेष संवाददाता
२०८३ बैशाख २१, सोमबार ०१:२९

बिदुर – पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको करेजुङस्थित प्रसिद्ध दुप्चेश्वर धाममा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ । वैशाख महिनामा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढिरहेका छन् । देवताहरुको पनि देवता भगवान शिवको वासस्थान रहेको नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेवको मन्दिर रहेको धाममा शनिवार, अन्य विदाको दिन, सोमवार तथा विहीवार विशेष भीड लाग्ने गरेको स्थानीयवासीको भनाई छ ।

दैनिक रुपमा हजारौं भक्तजनहरु दुप्चेश्वर धाममा पुगिरहेका छन् । दुप्चेश्वर धाममा यहि वैशाखको तेश्रो शनिवार हजारौं भक्तजनहरुले दुप्चेश्वर धाम पुगेर पुजापाठ तथा दर्शन गरेको दुप्चेश्वर विकास कोषले जनाएको छ । कोषका अनुसार प्रसिद्ध दुप्चेश्वर धाम हिन्दु तथा वौद्धमार्गीको सामूहिक तीर्थस्थलको रुपमा विकसित भइरहेको छ ।

दुप्चेश्वर गापा ६ करेजुङको पहरामा रहेको दुप्चेश्वर धाममा पछिल्लो समय दैनिक हजारौं भक्तजनहरु पुग्नुले पनि यस विषयको पुष्टि गरेको छ । हजारौं भक्तजनहरुले एकैदिन लाखौं रुपैया भेटी चढाउंदै आएका छन् । दुप्चेश्वर धाममा पुग्न नुवाकोटको विदुरवाट यातायातमा डेढ घण्टा र काठमाडौवाट दुई घण्टामा पुग्न सकिन्छ ।

हिन्दु र वौद्ध धर्मावलम्वीहरुको आस्थाको केन्द्र ऐतिहासिक तथा धार्मिक महत्वको दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनहरु आउने क्रममा वढोत्तरी भएसंगै भेटी सङ्कलन कार्य पनि वढिरहेको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । दुप्चेश्वर धाममा छिमेकी मुलुक भारतवाटसमेत तीर्थालु आउने गरेका छन् ।दुप्चेश्वरमा वैशाखको तेश्रोे शनिबार एकैदिन दुई लाख रुपैया भेटी संकलन भएको छ ।

दुप्चेश्वर धाममा शनिवार एकलाख ९७ हजार तीनसय २८ रुपैया भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलित भेटीमध्ये मन्दिरमा मध्यान्ह आरतीको ७७ हजार दुईसय ५० रुपैया र क्युआर कोडमार्फत आठहजार आठसय ७३ रुपैया भेटी संकलन भएको छ । तीन वर्षदेखि दुप्चेश्वर धामवाट दैनिक संकलित भेटी प्रत्येक दिन बेलुका ५ बजे दुप्चेस्वर धाम परिसरमा सामूहिक रुपमा गणना गर्ने कार्य भइरहेको छ ।

कोषाध्यक्ष श्रेष्ठका अनुसार पछिल्लो तीन वर्षदेखि दुप्चेश्वर मन्दिरमा आउने भक्तजनको उपस्थिति वढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय समुन्द्रटार सक्रियतापुर्वक लागिरहेको छ । दुप्चेश्वरामा पछिल्लो समय भक्तजनहरु वढिरहेकोले हजारौं भक्तजनले पुजाआजा गरेका छन् । प्रसिद्ध दुप्चेश्वर धाममा आन्तरिक तथा वाह्य भक्तजनहरुको आगमन वढिरहेको छ ।

नेपाल, भारत, भुटान, वर्मालगायतका स्थानमा चर्चा कमाइसकेको दुप्चेश्वर मन्दिरमा दैनिक रुपमा हजारौं भक्तजनहरु आउने क्रमसमेत वढिरहेको छ । करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव धाममा शनिवार सात हजार वढि भक्तजनले दुप्चेश्वरको दर्शन र पुजाआजा गरेका छन् । दुप्चेश्वर धाममा दर्शन गर्नेहरुको घुइचो वेलुकासम्म नै लागेको थियो । आकर्षक करेजुङ पहराको सितल र चिसो स्थानमा रहेको दुप्चेश्वरमा पुगेका सर्वसाधारणले गाइको दुध तथा पशुचौपायाको दाम्लो चढाउनेसमेत गर्दछन् ।

दुप्चेश्वरमा भक्तजनहरु वढेका कारण भेटी संकलन पनि वढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । यातायात र सुलभ वाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा धेरै भेटी रकम सङ्कलन भएको हो । प्रसिद्ध दुप्चेश्वर धाममा जान नुवाकोटको सदरमुकाम विदुर र काठमाडौवाट सिधै यातायातको साधन जाने गरेको छ भने सो मन्दिरमा हिन्दु तथा वौद्ध समुदायका सर्वसाधारण पुग्ने गरेका छन् ।


सर्वाधिक रुचाइएको