किस्पाङमा स्वरोजगारमुलक कार्यक्रम

– एकैपटक दुई कार्यक्रम सन्चालन
लोकखबर
२०८३ बैशाख २१, सोमबार ०१:४१

बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङमा स्वरोजगारमुलक कार्यक्रम सन्चालन गरिएको छ । एकैपटक दुई वटा कार्यक्रम सन्चालन गरिएको हो । किस्पाङ गाउँपालिकामा होमस्टे सञ्चालन र तरकारी खेति सम्वन्धि प्रशिक्षण प्रदान गरिएको हो ।

ति तालिमहरु किस्पाङ गापाको विभिन्न स्थानमा सन्चालन गरिएको हो । गापा भवन काहुलेमा होमस्टे सञ्चालन सम्बन्धिे अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको छ ।
स्थानीय पर्यटन र उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले किस्पाङ गापाद्वारा आयोजित ’होमस्टे (घरबास) व्यवस्थापन तथा सञ्चालन’ सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेले कार्यक्रमको समापन गरे ।

उनले होमस्टे पर्यटन प्रवद्र्धनका साथै स्वरोजगारको माध्यम भएकोसमेत वताए । प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले तालिम लिएर यसलाई व्यवहारमा लागू गर्नु सफलता हुने वताए । सो कार्यक्रममा जम्मा १९ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरुलाई प्रशिक्षक भुमराज तिवारी र सहजकर्ता रामराजा बुलुनले सहजीकरण गरेका थिए । सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो । यसैवीच, किस्पाङ गापाको उद्यम विकास शाखाको आयोजनामा सन्चालित ’उद्यमशीलता विकास तथा तरकारी खेती सम्बन्धी सीप विकास तालिम’ सम्पन्न भएको छ ।

१० दिनसम्म किस्पाङ–५ पुरानागाउँमा संचालित तालिममा स्थानीय महिला समुदायको सहभागिता रहेको थियो । तालिमका सहभागीहरुलाई वडाध्यक्ष प्रकाश तामाङडिमडुङले प्रमाण पत्र प्रदान गरे । कार्यक्रममा तालिमका सहभागीहरूलाई प्रविधि हस्तान्तरणसमेत गरिएको छ । कार्यक्रम सम्पन्न गरियो ।

किस्पाङ ५, पुरानोगाउँमा संचालित १० दिने ’उद्यमशीलता विकास तथा तरकारी खेती सम्बन्धी सीप विकास तालिम’ मा तरकारी खेति प्रविधि सम्वन्धि विभिन्न जानकारीमुलक कार्यक्रम प्रदान गरिएको थियो । आधुनिक तरकारी खेति प्रणालीका सम्वन्धमा सिप सिकाइएको आयोजकले जनाएको छ ।


सर्वाधिक रुचाइएको