वैदेशिक रोजगारविाट फर्किएकाहरुलाई उद्यमशिलता कार्यक्रम

– स्वरोजगार तथा साना व्यवसाय सम्वन्धि प्रशिक्षण
लोकखबर
२०८३ बैशाख २२, मंगलवार ००:४०

बिदुर – स्वरोजगार तथा साना व्यवसाय सन्चालन सम्वन्धि सचेतना प्रदान गनेृ उद्धेशयले नुवाकोटको बेलकोटगढीमा वैदेशिक रोजगारीबाट फर्किएर आएकाहरुलाई उद्यमशीलता कार्यक्रम प्रदान गरिएको छ । गाउंमै स्वरोजगारका कार्यहरुका सम्वन्धमा जानकारी दिइएको हो ।

बेलकोटगढी नगरपालिका बाटसमेत युवा शक्ति बिदेश गएका छन् । सो नपाको रोजगार सेवा केन्द्रद्वारा आन्तरिक रोजगारी प्रवद्र्धनका लागि वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई लक्ष्यित ३ दिने उद्यमशीलता विकास तालिम प्रदान गरेको हो ।

तालिममार्फत सहभागीहरूलाई स्वरोजगार, साना व्यवसाय सञ्चालन, सीप विकास तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने विषयमा जानकारी प्रदान गरिएको बेलकोटगढी नपाले जनाएको छ । यस कार्यक्रमले विदेशबाट फर्किएका नागरिकलाई स्वदेशमै उद्यममार्फत आत्मनिर्भर बन्न प्रेरणा दिएको विश्वास लिइएको वेलकोटगढी नपा रोजगार सेवा केन्द्रका रोजगार सहायक गोबिन्द्रप्रसाद भट्टले जानकारी दिए । वेलकोटगढी कृषि उत्पादनकोे भण्डारको रुपमा रहेको छ ।


सर्वाधिक रुचाइएको