दुईसय वढिको मोतियाविन्दुको शल्यक्रिया

– १७ सय जनाको आंखा परिक्षण
लोकखवर स्वास्थ्य संवाददाता
२०८३ बैशाख २३, बुधबार ००:३६

बिदुर – आंखाको मोतियाविन्दुका विरामीहरुको सुविधाका लागि नुवाकोटको विदुरमा विशेष आंखा शल्यक्रिया शिविर गरिएको छ । दुई सय जना वढिको आंखाको मोतियान्दिुको निःशुल्क शल्यक्रिया गरिएको हो । यसअघि नुवाकोटका विभिन्न १२ स्थानमा मोतियाविन्दुको पहिचान शिविर गरिएको थियो ।

१२ स्थानमा एकहजार ६ सय ६२ जनाको आंखाको परिक्षण गरिएकोमा तीनसय १४ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नु पर्ने पहिचान गरिएको तीलगंगा सर्जिकल सामुदायिक आंखा केन्द्रले जनाएको छ । तीलगंगा प्रतिष्ठानका सर्जन डा. इन्दिरा पोडेल र डा. मन्जु पन्तसहित १५ जनाको आंखाको प्राविधिक टोलीले विदुरमा आयोजित शिविरमा दुईसय १२ जनाको आंखाको मोतियाविन्दुको शल्यक्रिया गरेको केन्द्र प्रमुख तारावहादुर वाइवाले जानकारी दिए । उनका अनुसार ६ जनाको आंखामा मासु पलाएकोसमेत शल्यक्रिया गरिएको छ ।

तीलगंगा आंखा प्रतिष्ठान, तीलगंगा सर्जिकल सामुदायिक आंखा केन्द्र र नुवाकोट रेडक्रसको संयुक्त आयोजनामा यसअघि विभिन्न १२ स्थानमा सञ्चालन गरिएको आँखा पहिचान शिविरमा मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने पहिचान भएकाहरुको शल्यक्रिया गरिएको हो । उक्त परीक्षणका क्रममा मोतिबिन्दुको समस्या देखिएकाहरूलाई विदुरमा ल्याएर शल्यक्रिया गरिएको हो । यसवाट आंखाको मोतियाविन्दुको शल्यक्रियाका लागि बिरामीहरुले काठमाडौ जान नपर्दा समय, श्रम तथा आर्थिक भारसमेत हटेको छ ।


सर्वाधिक रुचाइएको