बिदुर आश्रममा योग

– किशोर तथा युवा सहभागी
लोकखबर
२०८३ बैशाख २३, बुधबार २३:४१

बिदुर – स्वास्थ्यका लागि योग भन्ने नारासहित नुवाकोटको बिदुरमा रहेको जनजाति कल्याण जागृति आश्रममा योग कक्षा सञ्चालन गरिएको छ । किशोर तथा युवाहरुको सहभागिता रहेको छ ।

दैनिक नियमित योग कक्षा सञ्चालन हुँदै आइरहेको पतन्जली युवा नेपाल समितिले जनाएको छ । योग प्रशिक्षक सपना बस्नेतद्वारा सञ्चालन भइरहेको उक्त कार्यक्रममा विशेषगरी किशोर तथा युवाहरूलाई लक्ष्यित गर्दै संस्कार संस्कृति र स्वाभिमानसहित स्वास्थ्य सुरक्षाप्रति सचेतना फैलाउने उद्धेश्य रहेको छ ।

सो युवा संस्कार योग विज्ञान शिविर कक्षामा विभिन्न योगासन, प्राणायाम तथा ध्यानको अभ्यास गराउनुका साथै सहभागीहरूले नियमित योग अभ्यासमार्फत शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र सकारात्मक सोच विकास गरिरहेका छन् । बिहानको समयमा सञ्चालन भइरहेको सो कार्यक्रमले अनुशासन र सक्रिय जीवनशैली विकासमासमेत सहयोग पु¥याइरहेको छ ।

कार्यक्रमले सहभागी तथा स्थानीय समुदायमा सकारात्मक प्रभाव पारिरहेको प्रशिक्षक सपना बस्नेतको भनाई छ । युवाहरूमा स्वास्थ्यप्रतिको चासो बढ्दै गएको र उनीहरू उत्साहका साथ सहभागी भइरहेका कारण भविष्यमा अझै प्रभावकरी रुपमा यस प्रकारका कार्यक्रमहरु विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

 


सर्वाधिक रुचाइएको