महासंघमा नुवाकोटवाट तीन जना निर्वाचित

– कार्की, अमात्य र पाण्डे भए निर्वाचित
लोकखबर
२०८३ बैशाख २३, बुधबार २३:४९

बिदुर – नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारण सभा तथा अधिवेशनबाट नुवाकोटका तीन जना व्यवसायी केन्द्रीय नेतृत्वमा निर्वाचित भएका छन् । महासंघको केन्द्रीय सदस्यमा नुवाकोटको प्रतिनिधित्व गर्दै तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । महासंघको ६० औं साधारण सभा तथा अधिवेशनबाट नुवाकोट जिल्लाका तीन जना व्यवसायी केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

अधिवेशनबाट नुवाकोटको बट्टारका व्यवसायी ताराबहादुर कार्की र गीता अमात्य सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । कार्की यसअघि पनि महासंघको केन्द्रीय सदस्यका रूपमा अनुभव बटुलिसकेका छन् भने अमात्य प्रदेश तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी थिइन् । त्यस्तै, नुवाकोटकै अर्का व्यवसायी पशुपतिदेव पाण्डे पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

पाण्डे हाल नेपाल तयारी पोशाक संघका अध्यक्षसमेत हुन् र उनी तयारी पोशाकसहित विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय छन् । निर्वाचित तीनै जना व्यवसायी नुवाकोटमा विशेषगरी खाद्यान्न तथा अन्य व्यापारिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । महासंघमा उनीहरूको विजयले नुवाकोटको व्यवसायिक क्षेत्रलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

विजयी भएपछि उनीहरूलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना आइरहेको छ । महासंघको नयाँ कार्यकालमा उनीहरूले निजी क्षेत्रको हितमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । महासंघको ६०औं वार्षिक साधारणसभामा भएको निर्वाचन प्रक्रियाको मतगणना वुधवार सम्पन्न भएको हो ।


सर्वाधिक रुचाइएको