सरकारी बाइकमा राती हिडेको भन्दै जनप्रतिनिधीमाथि दुर्व्यबहार

लोकखबर
११ बैशाख २०७६, बुधबार १७:४९

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं ३ का अध्यक्ष बाबुलाल स्याङ्तानमाथि आक्रमणको प्रयास भएको छ । मनहरी गाउँपालिका ९ रजैयामा अध्यक्ष स्याङ्तानलाई दुर्व्यबहार गर्दै आक्रमण प्रयास भएको हो ।
मंगलबार साँझ वडा कार्यालयको काम सकेर हेटौँडा ११ थानाभर्‍याङस्थित डेरातर्फ जाने क्रममा मनहरी गाउँपालिका वडा नं ९ खरंगाबाट पिछा गर्दै गएका दुई युवकले आक्रमणको प्रयास गरेको जनाइएको छ ।
बेलुका पौने ८ बजे प्रदेश ३-००२-००१ नम्बरको मोटरसाइकलमा आइरहेका बेलामा आफूलाई राती सरकारी मोटरसाइकल किन चलाएको भन्दै दुर्व्यबहार गरेको वडा अध्यक्ष स्याङ्तानको भनाई छ ।
मनहरी गाउँपालिका ९ निबासी प्रमोद अधिकारी र राजकुमार श्रेष्ठले रातिको समयमा किन सरकारी मोटरसाइकल चलाएको भन्दै अभद्र व्यवहार गरेको उनको भनाई छ । ना ६५ प १७३९ नं को मोटरसाइकलमा सवार अधिकारी र श्रेष्ठले बाटो छेकेर ज्याकेट समातेर लडाउन खोजेपछि आफू उम्किएर भागेको र इलाका प्रहरी कार्यालय नेवारपानीमा प्रहरी शरणमा पुगेपनि प्रहरीले उनीहरुलाई नपक्रिएको वडाध्यक्ष स्याङ्तानले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*