चक्कु प्रहार गर्ने पक्राउ
– घाइतेको उपचार जारी
बिदुर – नुवाकोटको पश्चिमी भेगमा रहेको दाङसिङमा आपसी विवादमा आक्रमण गरि साथीमाथि चक्कु प्रहार गरि घाइते वनाइएको छ । चक्कु प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर गाउंपालिका १ दाङसिङमा दुई जना मजदुरवीच वढेको विवादले हतियार आक्रमणको रुप लिंदा एक जना सख्त घाइते भएका छन् ।
सुनसरीको धरान ७ का २५ वर्षिय अमर विक चक्कु प्रहारवाट घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई संगै काम गर्ने ४० वर्षिय नवीन विकले आपसी विवादले उग्र रुप लिंदा चक्कु प्रहार गरि घाइते वनाएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए । चक्कु प्रहार गर्ने नवीन विकलाई प्रहरीले विहीवार पक्राउ गरि हिरासतमा राखेको छ ।

घाइते अमर विकको ढाडमा चोट लागेको छ । उनको काठमाडौ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।










































