न्यायमा महिलाको पहुँच नपुगेको गुनासो

नारी शिपको भीमफेदीमा सार्वजनिक सुनुवाई
लोकखबर
१५ बैशाख २०७६, आईतवार १८:२७

मकवानपुर । मकवानपुरको भीमफेदीमा ‘महिलाका लागि समानता र न्याय’ भन्ने नारा सहित न्यायमा महिलाको पहुँचको अवस्था बिषयक सार्वजनिक सुनुवाई गरिएको छ ।
कार्यक्रममा सहभागी महिलाहरुले न्यायमा पहुँच पुग्न नसकेको गुनासो गरे । न्यायमा महिलाको पहुँच पुर्‍याउँन अब स्थानीय तह प्रभावकारी रुपमा लाग्नुपर्ने कार्यक्रममा सहभागी महिलाले जोड दिए ।
नारी सिप सृजना केन्द्र मकवानपुरले ओपन सोसाइटीको साझेदारीमा सार्वजनिक सुनुवाई गरेको हो । केन्द्रका अध्यक्ष उमा सुवेदीको अध्यक्षता तथा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक पार्वती रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी महिलाले राखेका विभिन्न जिज्ञासामा जिल्ला कानुनी सहायता समितिका अधिवक्ता अप्सरा बस्नेत, भीमफेदी गाउँपालिका वडानम्बर २ का वडा अध्यक्ष काशीराम बज्यु, ईलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी सहयाक निरीक्षक अमृतकुमार चौधरी, माईती नेपाल मकवानपुरका कार्यक्रम संयोजक माया लामा, नारी सिप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरन्जीवी पौडेल, कार्यक्रम संयोजक सम्झना गोले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*