नारी शिपद्वारा सडक नाटक प्रदर्शन

सुरक्षित बसाईसराई तथा मानव वेचविखन रोकथाम सम्बन्धि जनचेतनामूलक कार्यक्रम
लोकखबर
१५ बैशाख २०७६, आईतवार २१:१०

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १४, चिसापानीमा नारी शिप सिर्जना केन्द्रले चेतनामूलक सडक नाटक प्रदर्शन गरेको छ ।
असुरक्षित बसाईसराइले गर्दा मानव बेचविखनको भयावह स्थिति देखा परिरहेको अवस्थामा नारी सीपले एडब्लु इन्टरनेशनलसंगको साझेदारीमा सञ्चालन गरिरहेको मकवानपुरमा मानव वेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वदन परियोजना अन्तर्गत सडक नाटक प्रस्तुत गरिएको हो।यस्ता जनचेतनामुलक कार्यक्रमबाट सुरक्षित बसाइसराइलाई प्रर्वद्धन गर्दै मानव बेचविखनलाई नियन्त्रण गर्न सघाउ पुग्ने कार्यक्रमका फिल्ड संयोजक उर्मिला गोलेले जानकारी दिइन् ।

सुरक्षित बसाईसराई तथा मानव वेचविखन रोकथाम सम्बन्धि सडक नाटक प्रदर्शनपरियोजना सञ्चालन भइरहेको हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका विभिन्न क्षेत्रमा नाटक लगायत विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छन् ।

जनचेतनामूलक सडक नाटक

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*