मनहरीका तरकारी खेती गर्ने कृषकलाई तालिम

तालिम प्रभावकारी : गाउँपालिका उपाध्यक्ष विष्ट
लोकखबर
१७ बैशाख २०७६, मंगलवार २१:३८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका कृषकलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि तालिम दिइएको छ ।
दुई दिनसम्म संचालित तालिम नारी नारी सीप सृजना केन्द्र नेपालले आओ इन्टरनेशनलको साझेदारीमा सञ्चालन गरेको हो ।
मकवानपुरमा नारी शिपले आओ इन्टरनेशनलसंगको साझेदारीमा सञ्चालन भइरहेको ‘मानव बेचविखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रबद्र्घन परियोजना’ अन्र्तगत तालिम गरिएको हो ।
जिवीकोपार्जनको माध्यामबाट ट मानववेचविखन लाई नियन्त्रण गर्दै सुरक्षित वसाइसराइलाई प्रर्वद्धन गर्ने उदेश्यका साथ कार्यक्रम संचालन गरिएको परियोजनाका फिल्ड संयोजक उर्मिला गोलेले जानकारी दिइन् ।
मनहरीका स्थानीय २१ जना तरकारी खेतीमा सक्रियता पूर्वक लागिरहेका कृषकलाई प्रदान गरिएको तालिम मनहरी गाउँपालिकाको समन्वयमा भएको हो ।


तालिममा कैलाश गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक अमरकान्त झाले सहजीकरण गरेका थिए ।
तालिम नारी सीप सृजना केन्द्र नेपालको अध्यक्ष उमा सुवेदीको अध्यक्षता तथा मनहरी गाउँपालिकाको उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यतामा भएको हो । तालिममा गाउँपालिका उपाध्यक्ष विष्टले परियोजनामार्फत संचालित तालिमले कृषकलाई प्रत्यक्ष लाभ पुगेको बताइन् उनले तरकारी खेतीमा पनि विषादि रहित तरकारी खेतीमा जोड दिनुपर्ने बताइन् ।
नारी सीप सृजना केन्द्रका कार्यकारी निर्देशक चिरञ्जिवी पौडेल, कार्यक्रम संयोजक ज्योति बम्जन लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*