गाउंवासीका लागि प्रसुती गृह निर्माण

– करेजुङमा बन्यो सुविधायुक्त स्वास्थ्य संरचना
लोकखवर विशेष संवाददाता
२०८३ जेष्ठ ९, शनिबार ००:३०

बिदुर – गाउंवासीको सुविधाका लागि नुवाकोटको उत्तरी भेगमा रहेको दुप्चेश्वरको करेजुङमा आधुनिक प्रसुती गृह निर्माण गरिएको छ । यसवाट सदरमुकाम बिदुर तथा राजधानी काठमाडौं जानु पर्ने गाउंवासीको वाध्यता हटेको छ । दुप्चेश्वर गापा ६ करेजुङमा प्रसुती गृह निर्माण सम्पन्न भएको हो ।

जग्गा व्यवस्थापन, भौतिक सुधार तथा आधुनिक उपकरणसमेत स्थापना गरिएको छ । दुप्चेश्वर गापा कार्यालयको सहकार्यमा गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग र रुडेक नेपालको साझेदारीमा सन्चालित एकिकृत सामुदायिक विकास परियोजनाद्वारा एक तले पांच कोठे आधुनिक प्रशुती गृहको निर्माण सम्पन्न गरिएको हो ।

कुल ४८ लाख २९ हजार चारसय तीन रुपैयाको लागतमा निर्मित प्रसुती गृहका लागि दुप्चेश्वर गापाले चारलाख ९० हजार पांचसय १५ र गुड नेवर्स इन्टरनेसनल नेपालले ४३ लाख ३८ हजार आठसय ८८ रुपैया लगानी गरेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएसंगै भवनको उद्घाटन र हस्तान्तरणको तयारी सुरु गरिएको छ । उक्त प्रसुती गृहवाट ग्रामीणवासीको स्वास्थ्य सेवामा प्रभावकारिता आउने लक्ष्य रहेको गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ ।

उक्त भवनका लागि स्थानीय मुई लामातामाङ र शिर लामातामाङले जग्गा दान गरेका थिए । नुवाकोटको उत्तरी भेग करेजुङमा निर्मित प्रसुती अस्तालको निर्माण तयारी सुरु भएको ६ महिनामै निर्माण पुरा गरिएको हो । यसले स्थानीय सर्वसाधारणका नवजात शिशुहरूको स्वास्थ्य सेवा सहज बनाउने अपेक्षा गरिएको छ ।

सदरमुकाम विदुरदेखि ४० किलोमिटर उत्तरमा रहेको दुप्चेश्वर गापाको करेजुङमा प्रसूति अस्पताल निर्माणसंगै स्थानयि समुदाय निकै खुसी भएका छन् । करिब ५ सय घरधुरी रहेको सो स्थानमा करिब ३ हजार स्थानीय बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ । स्वास्थ्य पूर्वाधारको पहुँच वृद्धिका लागि दुप्चेश्वरमा प्रसूति सेवा उपलब्ध हुने भएपछि विशेषगरी महिलाहरूले राहतको रूपमा लिएको साझेदार रडेक नेपालका अध्यक्ष मीनकुमार केसीले वताए ।

उक्त प्रसुती अस्पताल दुप्चेश्वर क्षेत्रको मातृ–शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण फड्को हुने अपेक्षा गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाको भनाई छ । उक्त अस्पतालमा सर्वसाधारणले स्वास्थ्य सेवा लिने र घरमै हुने सुत्केरीलाई शून्य बनाउने उद्वेश्वका साथ निमाणर््ण गरिएको हो । करेजुङका आसपास गाँउका लगभग तीनहजार सर्वसाधारले सेवा पाउने छन् ।

प्रसुती गृहमा ५ लाख वढिको उपकरण स्थापना गरिएकोे छ । करेजुङ नुवाकोटको धार्मिक पर्यटकिय स्थान हो ।


सर्वाधिक रुचाइएको