चलचित्र छायांकन प्रशिक्षण सन्चालन

– बोर्डका अध्यक्ष डिसीले गरे उद्घाटन
लोकखवर मनोरन्जन संवाददाता
२०८३ जेष्ठ १०, आईतवार ००:१०

बिदुर – प्राविधिकहरुको पहिचान तथा दक्षता वृद्धि गर्ने उद्धेश्यले चलचित्र छायाङ्कन तालिम सन्चालन गरिएको छ । चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा पाँचदिने चलचित्र छायाङ्कन तालिम तथा कार्यशालाको सुरुवात भएको हो ।

मछिन्द्र क्लब, काठमाडौंमा सन्चालन गरिएको उक्त तालिमको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीले उद्घाटन गरे । उनले वोर्डले यस वर्ष दक्षता अभिवृद्धि वर्षको रुपमा लिएको र यसले चलचित्र क्षेत्रमा परिवर्तन र विकास हुने अपेक्षा व्यक्त गरे ।

उनका अनुसार नेपाली चलचित्र क्षेत्रमा छायाङ्कनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टि र व्यावहारिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले नयाँ तथा सक्रिय चलचित्रकर्मीहरूलाई उपयोगी मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डले नेपाली चलचित्रको गुणस्तर विकास, दक्ष जनशक्ति निर्माण र प्राविधिक पक्षको सुदृढीकरणका लागि यस्ता तालिम तथा कार्यशालालाई निरन्तर रूपमा प्रोत्साहन गर्दै आएकोे छ ।


सर्वाधिक रुचाइएको