दुर्घटनामा एक जनाको मृत्यु

लोकखबर
१० जेष्ठ २०७६, शुक्रबार २१:१६

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीमा आज भएको बोलेरो दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाइते भएका छन् । वीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको बा २० च ४२७९ नम्बरको बोलेरो सडकबाट तल खस्दा एक जनाको मृत्यु मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारतको मोतीहारी जिल्ला बस्ने ४५ बर्षिय कनैया साहको मृत्यु भएको हो भने भीमफेदी गाउँपालिका वडा नम्बर ५ बस्ने २० बर्षिय महेश भुलन र भारतको बेतीया बस्ने २२ वर्षिय कनैयाकुमार साह घाईते भएको प्रहरीको भनाई छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*